२०८३ कार्तिक १२ गते बुधबार

वेस्ट इन्डिजविरुद्ध अस्ट्रेलियाको जित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ५
403996

काठमाडौँ- ५ म्याचको टी-२० सिरिजको पहिलो खेलमा वेस्ट इन्डिजविरुद्ध अस्ट्रेलियाले ३ विकेटको जित निकालेको छ।

१९० रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १८.५ ओभर खेल्दै ७ विकेट गुमाएर ३ विकेट बाँकी छँदै लक्ष्य भेट्टाएको हो।

अस्ट्रेलियाका मेत्सेल ओवेनले (५० रन) र क्यामरुन ग्रीन (५१ रन) ले अर्धशतक बनाए। मित्सेल मार्सले २४, जोसेफ इंगलिसले १८, ग्लेन म्याक्सवेलले ११ र कुपर कोनोलीले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन भेट्न सकेनन्।

वेस्टका जासोन होल्डर, अल्जारी जोसे र गुडाकेश मोतीले समान दुईदुई विकेट लिए भने अकिल होसिनले एक विकेट लिएका थिए।

वेस्ट इन्डिजको जमैकास्थित सबिना पार्कमा अस्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेपछि सुरुमा ब्याटिङ गरेको वेस्ट इन्डिले निर्धारित २० ओभर खेल्दै १८९ रन बनाएर १९० रनको चुनौती पस्किएको थियो। खेलमा वेस्ट इन्डिजले ८ विकेट गुमाउनु परेको थियो।

वेस्टका कप्तान साइ होपले ३९ बल खेल्दै ५५ रन बनाए भने ३२ बल खेलेका रोस्टन चेजले ६० रन जोड्न सफल भए। साइमन हेटमेयरले १९ बल खेलेर ३८ रन बनाएका थिए भने ब्रान्डन किङले १८ रन जोडे। अन्य खेलाडीले उल्लेख्य योगदान गर्न सकेनन्। शेरफेन रुथरफोर्ड, ज्यासोन होल्डर, गुडाकेश मोती भने शून्य रनमै आउट भएका थिए।

खेलमा अस्ट्रेलियाका बेन डार्सुइसले ४ जनालाई आउट गराए। सिन एबोट, कुपर कोनोली, मित्सेल ओवेन र नाथ एलिसले समान एकएक विकेट लिएका थिए।

५ खेलको यो सिरिज वेस्ट इन्डिजका लागि आफ्नो घरेलु मैदानमा सम्मान जोगाउने अवसर हो भने अस्ट्रेलियालाई आफ्नो टी-२० वर्चस्व कायम राख्ने चुनौती बनेको छ।

वेस्ट इन्डिजको टोलीमा साई होपको कप्तानीमा आन्द्रे रसेल, जेसन होल्डर, रोटन चेज र शेरफेन रुथरफोर्ड खेलाडी छन्। यो सिरिज रसेलले हालै एक्समा आफ्नो अन्तिम टी-२० सिरिज हुने संकेत गरेका छन्।

यता, अस्ट्रेलियाको टोलीमा मिचेल मार्शको कप्तानीमा ग्लेन म्याक्सवेल, एडम जाम्पा, र जोश इङ्लिसजस्ता अनुभवी खेलाडी छन्। अस्ट्रेलियाले सन् २०२४ को टी-२० विश्वकपमा बलियो प्रदर्शन गरेको थियो, तर सेमिफाइनलमा भारतसँग पराजित भएको थियो।

यी दुई टोली विगतमा १० वटा टी-२० म्याचमा आमनेसामने भएका छन्। यी खेलमध्ये अस्ट्रेलियाले ६ र वेस्ट इन्डिजले ४ म्याच जितेका छन्।

वेस्ट इन्डिजले सन् २०२४ मा श्रीलङ्काविरुद्धको घरेलु टी-२० सिरिज २-१ ले जितेको थियो, जबकि अस्ट्रेलियाले न्युजिल्यान्डविरुद्ध ३-० को क्लिन स्वीप गरेको थियो।

जमैकाको सबिना पार्कको मौसम यो समाचार तयार पार्दाको समयमा २८ डिग्री सेल्सियस छ भने आंशिक बदली हुने अनुमान छ।

प्रकाशित: २०८२ साउन ५ गते सोमबार ०९:३६
प्रतिक्रिया

थप समाचार

२४५ करोड पुग्यो ‘सितारे जमीन पर’ कमाइ

काठमाडौँ- आमिर खान र जेनेलिया देशमुख अभिनित नयाँ चलचित्र ‘सितारे जमीन पर’ले भारतमा २ अर्ब ४५ करोड कमाइ गरेको छ। फिल्मले प्रदर्शनको २७ दिनसम्ममा उक्त कमाइ गरेको हो। रिलिजको सुरुवाती केही कठिन...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना