काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्सले ६४ लाख २५ हजार रुपैयाँ बिमा दाबी भुक्तानी गरेको छ। टीकापुर नगरपालिका–१ कैलालीका बीमित नरबहादुर साउदको गत १६ वैशाखमा क्यान्सरका कारण निधन भएको थियो।
उनले कम्पनीको टीकापुर शाखाबाट १३ भदौ २०७५ मा ५० लाख बीमांकको जीवन बिमा योजना लिएका थिए। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले ६४ लाख २५ हजार रुपैयाँको चेक मृतककी श्रीमती ज्ञानुदेवी साउदलाई हस्तान्तरण गरे।
कम्पनीले बीमांकबापतको रकम अन्तर्गत ५० लाख र बोनसबापत १४ लाख २५ हजार गरी ६४ लाख २५ हजार उपलब्ध गराएको हो।


