काठमाडौं–एनआइबिएल एस क्यापिटल आफ्नो भुक्तानीसम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेसनल पेमेन्ट स्विचमा आबद्ध भएको छ।
आबद्धतासम्बन्धी सम्झौतापत्रमा एनआइबिएल एस क्यापिटलका डेपुटी प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरे।
सम्झौतापछि एनआइबिएल एस क्यापिटलका आन्तरिक प्रणालीलाई एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई)सँग जोडी विभिन्न भुक्तानी तथा लगानी प्राप्त गर्न सहज हुनेछ।
यस्तै, क्यापिटलका डिभिडेन्ड भुक्तानी, तलब, भेन्डर भुक्तानीलगायत विभिन्न प्रकारका भुक्तानी कारोबार आफ्ना तथा लाभग्राहीका बैंक खाताबीच सोझै गर्न सकिनेछ।


