२०८३ कार्तिक २९ गते शनिवार

विश्वभरका नेपाली उद्यमी जोड्दै फिने, गण्डकीमा पनि कमिटी विस्तार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १८
c7163364-c0e7-49a9-a368-af25b5057b69

पोखरा- विश्वका विभिन्न मुलुकमा छरिएर रहेका युवा उद्यमीलाई जोड्ने उद्देश्यले स्थापित अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने)ले गण्डकीमा पनि आफ्नो कमिटी विस्तार गरेको छ।

पोखराको वरपिपल रिसोर्टमा सम्पन्न भेलाले जितु गुरुङको नेतृत्वमा गण्डकी प्रदेश समिति गठन गरेको हो। १९ सदस्यीय समितिको वरिष्ठ उपाध्यक्षमा हरि भुजेल, उपाध्यक्षमा शान्ति श्रेष्ठ उदास र सुनिल न्यौपाने रहेका छन्। महासचिवमा इन्जिनियर चिरञ्जीवी गौतम चयन भएका छन् भने सचिवमा प्रशुन्न भण्डारी र राजकुमार सुनार छन्। कोषाध्यक्षमा पोशराज पौडेल, सहकोषाध्यक्ष रुद्र रेग्मी, प्रवक्ता कृष्णप्रसाद आचार्य चयन भएका छन्।

सदस्यहरूमा अस्मिता लामिछाने, भूपेन्द्रकुमार लामा, रमेशप्रसाद भूर्तेल, हरि लामिछाने, गोपालकृष्ण संग्रौला, धर्मराज पन्थी, थानेश्वर बराल, सन्तोष प्रधान र सुरेन्द्र कुँवर रहेका छन्।

भेलाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका थिए। उनले वैदेशिक अनुभव, सीप र पुँजीलाई मातृभूमिमा लगानी गर्न आह्वान गर्दै आवश्यक परे कानुनी संशोधन गर्न आफू तयार रहेको बताए। उनले भने, ‘कि विदेश आउनुस् कि गेरुवस्त्र लगाएर बस्नुस् भन्नेहरुलाई चुनौती दिँदै नेपालमै सम्भावना खोज्ने जुन प्रयास फिनेले गरेको छ, त्यो प्रशंसनीय छ।’

यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा उद्यमीहरुलाई जोड्ने फिनेको अभियानमा निजी क्षेत्रले आवश्यक साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

यसैगरी उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले नेपालमा प्रशस्त अवसर भएको बताउँदै विदेशको सीप नेपालमा लगानी गर्न आह्वान गरे। उनले स्टार्टअप क्षेत्रमा लगानी गर्न पनि आग्रह गरे। उनले भने, ‘स्टार्टअपका लागि कोष नै बनाएर लगानी गर्न आवश्यक छ।’

केन्द्रीय अध्यक्ष स्वतन्त्रप्रताप शाहले फिनेले छोटो समयमै देश तथा विदेशमा आफ्नो सञ्जाल विस्तार गरेको बताए। नेपाली युवा उद्यमीहरूलाई एकत्रित गरेर देशभित्रै उद्यमशीलता र रोजगारीको नयाँ अवसर सिर्जना गर्ने अभियानमा फिने लागेको उनको भनाइ थियो।

यस्तै उपाध्यक्ष शमीम अन्वरले फिनेले फिनेले व्यवसायिक सहकार्य, ज्ञान हस्तान्तरण, प्रदर्शनी र बजारीकरणमा काम गर्ने बताए। आईईसी वरिष्ठ उपाध्यक्ष गोकर्णप्रसाद ढकालले स्वागत मन्तव्य राख्दै फिनेको स्थापनाको औचित्यबारे प्रष्ट पारेका थिए।

आईईसी महासचिव दिपेन घलेले नेपाली उद्यमीहरुबिच सहकार्य, मार्गदर्शन र अवसरहरुको सञ्जाल निर्माण गर्दै विश्व बजारमा छरिएर रहेका नेपाली उद्यमीहरुलाई सशक्त बनाउँदै जाने लक्ष्य फिनेले लिएको बताए।

यस्तै फिने बागमतीका सल्लाहकार रामकुमार थपलियाले सबै क्षेत्रका उद्यमीहरुलाई समेट्दै जाने लक्ष्य रहेको बताए। बागमती र गण्डकीपछि क्रमश: अन्य सबै प्रदेशमा पनि संगठन विस्तार गर्ने लक्ष्य लिएको नेपाल संयोजक रामशरण थापाले बताए।

कार्यक्रममा फिने अमेरिकाका अध्यक्ष सविन्द्र थापा, फिने हङकङका अध्यक्ष इन्दर पुन, नेपाल संयोजक रामशरण थापा र फिने बागमतीका अध्यक्ष कृष्ण खतिवडाबिच प्यानल डिस्कसन भएको थियो। उद्यमीहरुबिच भएको सीप र उत्पादनलाई अन्तर प्रदेशदेखि अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउनेगरी सहकार्य गर्न आवश्यक रहेको मत उनीहरुको थियो।

प्रकाशित: २०८२ साउन १८ गते आईतबार १०:१६
प्रतिक्रिया

थप समाचार

छठका लागि सरकारले थप्यो एक दिन सार्वजनिक बिदा, सोमबार पनि देशभरका सरकारी कार्यालय बन्द

काठमाडौँः छठ पर्व मनाउने समुदायलाई लक्षित गर्दै सरकारले सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै छठ पर्वको अवसरमा सोमबारसमेत सार्वजनिक बिदा...

भीमफेदी दुर्घटनाले शोकमा सुन्दरपुर, एउटै परिवारका ६ जनाको मृत्यु

सर्लाही: छठ पर्व मनाउन परिवारसँग भेटघाट गर्ने र खुसी साटासाट गर्ने सपना बोकेर काठमाडौँबाट सर्लाही फर्किंदै गरेका यात्रुहरूको यात्रा मकवानपुरको भीमफेदीमा भएको दर्दनाक दुर्घटनासँगै सदाका...

रिच फर नेपालद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री कोषमा ६० हजार डलर सहयोग

बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि अस्ट्रेलियामा संकलित ६० हजार अस्ट्रेलियन डलर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। अस्ट्रेलियाको क्यानबेरास्थित नेपाली दूतावासमा...

कोशी र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

  काठमाडौं। हाल माथिल्लो वायूमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बिहीबार दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक...

उज्यालो चाँडको अँध्यारो विछोड: तिहारको रमझमबीच विदेशिनेको लर्को [फोटोफिचर]

बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँदछ लाखौँका लागि उजाड छ यो देश मुट्ठीभरलाई त स्वर्ग छ ! पञ्यायतकालिन जनताका दु:ख समेटेर लेखिएको जेबी टुहुरेको यो गीत आज पनि उत्तिकै सान्दर्भिक छ। देशमा...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
Kerung_ktm_train
विचार

सरकारले केरुङ–काठमाडौँ रेलमार्गलाई परिणाममुखी ढंगले अघि बढाउनुपर्छ

नेपालतर्फको रेलमार्गको लम्बाइ ७८.१ किलोमिटर हुने र प्रस्तावित मार्गको करिब ९६ प्रतिशत भाग सुरुङ तथा पुलमा पर्ने अनुमान गरिएको छ। नयाँ अध्ययनले यसको निर्माण लागत ४ खर्ब रुपैयाँभन्दा बढी हुने...
cyber_thagi
बैंकिङ

बैंकिङ ठगीबाट बच्न तिहारमा अपनाउनुपर्ने सावधानी

कारोबार सहज र छिटो भए पनि यही समयमा डिजिटल माध्यमबाट हुने वित्तीय ठगी तथा बैंकिङ कसुरको जोखिम पनि बढ्न सक्छ।
loan
विचार

ऋण वर्गीकरण: यथार्थ एकातिर, नियम अर्कैतिर !

समग्रमा, नेपालको ऋण वर्गीकरण प्रणालीलाई अनावश्यक रूपमा खुकुलो बनाउने होइन, अन्तर्राष्ट्रिय मापदण्डअनुरूप थप वैज्ञानिक, जोखिममा आधारित र व्यावहारिक बनाउनु उचित हुन्छ।
photo_07993b9a (1)
सूचना प्रविधि

फेसबुक र टिकटकको विकल्प बन्दै नेपालीले बनाएको सामाजिक सञ्जाल ‘थोप्ला’

क्यान्बेरा: नेपाली समुदायलाई विश्वभर एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्ने उद्देश्यसहित विकास गरिएको सामाजिक सञ्जाल ‘थोप्ला’ प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको छ। नेपाली युवाको पहलमा तयार...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना