काठमाडौँ- हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सेयर रजिस्ट्रारसम्बन्धी सेवाका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर रजिस्टार नियुक्त गरेको छ। बुधबार इन्स्योरेन्स र क्यापिटलबीच यससम्बन्धी सम्झौता भएको हो।
सम्झौतामा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण र क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन्।
युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स लिमिटेड एक आसपमा मर्ज भई हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कायम भएको हो। यो कम्पनीले वैशाख २६ गतेदेखि संयुक्त (एकीकृत) कारोबार सुरु गरेको हो।
