काठमाडौँ- भारतीय अभिनेत्री भाग्यश्री काठमाडौँ आएकी छन्। क्याप्टिभेटिङ क्रियसन अवार्डमा सहभागी हुन उनी नेपाल आएकी हुन्।
शनिबार दिउँसो त्रिभुवन विमानस्थलमा अवतरण गरेकी भाग्यश्रीले नेपाल आउँदा खुसी लाग्ने प्रतिक्रिया दिइन्।
‘म नेपाल पहिले पनि आएकी थिएँ, मैले कुनै चाडपर्वको समयमा सपरिवार फेरि यहाँ आउने सोच बनाएकी छु,’ विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भाग्यश्रीले भनिन्, ‘मेरा चलचित्र आइरहेका छन्, हेर्नुस् र माया गरिदिनुस्।’
अवार्डको छैटौँ संस्करणको समारोहमा सहभागी हुन भारतीय कलाकार रञ्जीन, विन्दु दाह्रा सिंह, कमेडियन ध्वनी पवारलगायत नेपाल आइसकेका छन्। भारतको प्रतिष्ठित अवार्डमा नेपालमा हुन लागेको हो।
यसअघि भारतमा आयोजना भएको अवार्ड समारोह यसपटक भने नेपालमा आयोजना हुँदैछ ।


