२०८३ साउन १३ गते बुधबार

‘फिल्मको लगानी उठाउनै मुस्किल छ’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ७
Susheel Rajopadhyaya

काठमाडौं। नेपाली चलचित्र क्षेत्रमा टिकाउ वातावरण बन्न नसक्दा लगानीकर्तादेखि कलाकारसम्म निराश हुने क्रम बढ्दो छ। त्यसमध्ये विभिन्न भाषा र समूदाय केन्द्रीत फिल्म निर्माणबाट आशावादी हुने ठाउँ छैन।

कलाकार एवम साहित्यकार सुशील राजोपाध्यायका अनुसार नेपालमा दर्शक संख्या पर्याप्त नहुँदा चलचित्र बनाउन लाग्ने लगानी पनि उठ्ने वातावरण रहँदैन। तर छिमेकी मुलुकहरुमा भने सयौं करोड लगानी हुने फिल्मलाई ‘ओहो कस्तो राम्रो’ भन्दै प्रशंसा गरिन्छ तर नेपालमा लाखौँको लगानीमा बनेको फिल्मले त्यस्तो प्रभाव पार्न सक्दैन। उनले भने, ‘यहाँ राम्रो गर्नका लागि ठूलो लगानी गर्नुपर्ने हुन्छ तर लगानी उठ्ने वातावरण छैन, जसले गर्दा लगानीकर्ताहरु डुब्ने अवस्था आउँछ।’

पहिले सिडी र भिएचएसमार्फत फिल्म बजारमा आउने परम्परा थियो तर पाइरेसीले लगानी सुरक्षित गर्न गाह्रो बनायो। अहिले हलमा जाने संस्कृति घट्दै गएको र मोबाइलले सबैलाई व्यस्त बनाएको कारण फिल्म हेर्ने स्थायी दर्शक वर्ग खुम्चिएको उनको भनाइ छ।

नेपालभाषाको ऐतिहासिक फिल्म जामनः गुभाजुका मुख्य कलाकार समेत रहेको उनी राज्यको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै भन्छन्,‘मुखले त गर्नुपर्छ भनिन्छ तर वास्तवमै चलचित्र र कलाकारिता क्षेत्रप्रति राज्य सकारात्मक देखिँदैन। सेन्सर पास गर्नसम्म ठूलो खर्च हुने अवस्था छ।’

राजोपाध्यायले आफ्नो कलाकारिता डबिङबाट सुरु भएको स्मरण गर्दै ‘जामन गुभाजु’ जस्ता फिल्महरूले आफूलाई पहिचान दिलाएको बताए। आफ्नो चलचित्र क्षेत्रको अनुभव सुनाउँदै उनले भने, ‘मैले गरेको मध्ये एउटा जामन गुभाजु भन्ने फिल्म मान्छेले बेसी रुचाएको हो। मलाई क्यारेक्टरकै रूपमा जामन गुभाजु भनेरै सम्बोधन गर्न रुचाउने जमात पनि देखिएको छ। फिल्मको मूल पात्र जामन गुभाजु र त्यो जामन गुभाजुकै क्यारेक्टर मैंले गरेको कारणले गर्दाखेरि अनि मलाई चिन्ने मान्छेले जामन गुभाजुकै रूपमा चिन्न थाल्या । म सुशील राजोपाध्याय हो भनेर मान्छेले चिन्न जरुरी ठानेनन्। किनभने यो मान्छेले कुनैबेला चाहीं जामन गुभाजुको क्यारेक्टर गरेका थिए भनेर मलाई त्यसरी पनि चिन्ने मान्छेहरू देखिएका छन्।’

जामन गुभाजुमार्फत चार सय वर्ष पुरानो पात्रलाई अहिलेको समयमा जीवन्तता दिएर स्थापित बनेका उनी नेवारी संस्कार र संस्कृतिको जगर्नेमा पनि सक्रिय रहेको सुनाउँछन्। जामनः गुभाजु १७ औं शताब्दीका कान्तिपुरका राजा प्रताप मल्लका विश्वासपात्र सिद्धहस्त तान्त्रिक मानिन्छन्।

सुशीलले ४० भन्दा बढी चलचित्र र दर्जनौँ नाटकमा अभिनय गरिसकेका छन्। नाटकमा दर्शकसँग प्रत्यक्ष प्रतिक्रिया पाउने अवसर हुने भएकाले त्यो अनुभव अझै विशेष हुने उनले बताए। आजको सन्दर्भमा कलाकारितामा लाग्नेहरूलाई उनले चेतावनी स्वरुपमा भने, ‘यो क्षेत्रमा आउनु भनेको व्यक्तिगत फाइदाको लागि होइन, आफ्नो अठोट र सन्तुष्टिको लागि हो। सिकेर, जानेर आउनु उपयोगी हुन्छ तर केवल पर्दामा देखिनको लागि मात्र आउने हो भने यो क्षेत्रमा दुःख नगरे हुन्छ।’

उनका अनुसार अहिले पनि केही संस्थाहरू नाटक र कलात्मक क्षेत्रमा सक्रिय छन् तर दर्शक पाउन कठिन भएकाले यस पेशामा टिक्न साहस र दृढ अठोट आवश्यक छ।

प्रकाशित: २०८२ असोज ७ गते मङ्गलबार ०१:४५
प्रतिक्रिया

थप समाचार

क्लब नोभामा गुञ्जिँदै सविन राई र नवीन के भट्टराई, क्यान्सरसँग जुधिरहेकी रेखालाई सहयोग गरिने

काठमाडौँ: नेपाली सांगीतिक क्षेत्रका दुई चर्चित ब्यान्ड सविन राई एन्ड द फाराेह र नविन के. भट्टराई एन्ड अतृप्त एकै मञ्चमा प्रस्तुत हुने भएका छन्। आगामी साउन २३ गते (८ अगस्ट) शनिबार नेपालकै सबैभन्दा...

‘गौंथली’ को आक्रामक व्यापार, १० दिनमै ७ करोड ४२ लाख ग्रस कलेक्सन

काठमाडौँ: साउनको सुरुवातसँगै प्रदर्शनमा आएको नेपाली चलचित्र ‘गौंथली’ ले घरेलु बक्स अफिसमा आक्रामक व्यापारलाई निरन्तरता दिएको छ। प्रदर्शनको १० औँ दिनसम्म आइपुग्दा ‘गौंथली’ ले करोडौंको व्यापार...

यस्तै हो भने देश प्रगतितर्फ होइन, ठप्प अवस्थातर्फ जानसक्छ: राजेश हमाल

काठमाडौँ: महानायक राजेश हमालले सरकारको आलोचना गरेका छन्। उनले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्, 'देशको शासन प्रणाली नै ‘हिट एन्ड मिस’ अर्थात् अन्दाज र परीक्षणको भरमा सञ्चालन गर्नु कत्तिको...

‘महादेव! धनको बिटो पठाइदेऊ, खाली भयो जेब’

काठमाडौँ: हरितालिका तीजको अवसर पारेर नयाँ तीज गीत 'महादेव! खाली भयो जेब' सार्वजनिक भएको छ। गायिका एलिना चौहानको स्वर रहेको गीतको शब्द तथा संगीत कस्तुप पन्तको रहेको छ। यस्तै स‌ंगीत संयोजन भने...

हलमा प्रदर्शनरत कुन फिल्मले कति कमाए?

काठमाडौँ: यस वर्ष को पहिलो त्रैमासमा चलचित्र ‘लालीबजार’ ले सबैभन्दा बढि रु नौ करोड ३२ लाख नौ हजार ९२५ र सबैभन्दा कम ‘जाँड’ ले रु एक लाख २६ हजार आम्दानी गरेको छ। चलचित्र विकास बोर्डले प्रत्येक...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना