२०८३ कार्तिक १३ गते बिहिबार

जुन गीत नबजी दशैँ आउँदैन, विवादपछि फेरिएको थियो सर्जकको नाम

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १४
dasain_aayo

काठमाडौँ: दशैँको माहोलमा बज्ने गीतहरू एकाध मात्र छन्। त्यसमध्ये गायक सुगम पोखरेलको ‘दसैं तिहार’ गीत दशैँ भित्रिएसँगै युवापुस्ताको मोबाइल र ओँठमा गुन्जिन थालिसकेको छ।

अर्को भने संगीतकार कुल पोखरेल तथा गायक बादल प्रसाईको यसपालि दशैँमा ठूलो दाइ आउने रे गीत। त्यसैगरी योगेश्वर अमात्यको ‘दशैँ नै हो कि यो मेरो दशा’ पनि हरेक वर्ष सुनिने गीत मध्येमा पर्छ। र अर्को गीत छ, जुन २ दशकभन्दा बढी समयदेखि हरेक पुस्ताका लागि उत्तिकै कर्णप्रिय छ। अहिले पनि मोबाइल, टिभी वा रेडियोमा पक्कै गुन्जिरहेको हुनुपर्छ। त्यो गीत हो ‘दशैँ आयो’।

घर आँगन वा गाउँ फर्किरहेको गाडीमा यो गीत गुन्जँदा दशैँ आएको महसुस हुन थाल्छ। हरेक वर्ष गीतका सर्जक संगीतकार सुरेश अधिकारीलाई धेरैले यही भन्छन्, ‘तपाईंको गीत नबजी दशैँ नै आउँदैन।’

हरेक चाडपर्वमा कुनै न कुनै गीतहरूले गहिरो छाप छाडेकै हुन्छन्। जस्तो कि लोचन भट्टराई र नुतन प्रधानको ‘भैलिनी आयो आँगन’ होस् वा तिजमा गुन्जिरहने फिल्म कन्यादानको ‘तिजको लहर’। यी पर्वहरूका ‘सिग्नेचर गीत’झैँ लाग्छन्।

यस्तै वर्षौँदेखि स्रोताहरूको मनमा एकछत्र वास गरिरहेको दसैं गीत ‘दशैँ आयो’ कसरी रचियो। यसबारे यहाँ चर्चा गरिनेछ।

गीतको कथा
स्व. निर्देशक शिव रेग्मी निर्देशित फिल्म ‘मुग्लान’मा समावेश यो गीतमा सुरेश अधिकारीले संगीत भरेका थिए। फिल्मका कलाकार दिलिप रायमाझी, रमित ढुंगाना, विपना थापा, सुशील क्षेत्री, मिथिला शर्मा र झरना थापाले यसमा अभिनय गरेका छन्।

यो गीत जति चर्चामा आयो यसका सर्जक उत्तिकै विवादमा पनि गए। फिल्ममा लोकनाथ सापकोटाले कपिराइटको मुद्दा हालेपछि अहिले रचनाकारको नाममा उनैलाई पढ्न पाइन्छ। तर सुरेश आफैँले लेखेको दाबी अझै पनि गर्नचाहिँ छाड्दैनन्।

फिल्मका लागि निर्देशक रेग्मीलाई खास गीत चाहिएको थियो, सुरेशले आफ्नो तर्फबाट खास दिने कोसिस गरे। र त्यो गीत फिल्ममा मात्र बजेन। घर, गाउँ, सहरमा हर दशैँमा बजिरह्यो। ‘दशैँमा मान्छेहरू यही गीतमा नाचिरहेको देख्छु। धेरैले यो गीत नबजी त दशैँ आएकै लाग्दैन भनेको सुन्छु,’ उनी खुसी व्यक्त गर्छन्।

किन चलेनन् अरु गीत ?
विसं २०६० सालमा बनेको गीत हो यो। त्यसअघि पनि दशैँ गीत नबनेका हैनन्। त्यसपछि पनि दशैँ गीत थुप्रै बने। यसै वर्ष पनि युट्युवमा दर्जनौँ दशैँ गीत सार्वजनिक भए। हुँदैछन् पनि।

तर कुनबेला आउँछन् र हराउँछन्, पत्तो हुँदैन।

किन त? अधिकारी भन्छन्, ‘यो स्तरको गीत अरु बनेनन्।’ उनलाई लाग्छ, यो गीतलाई रिप्लेस गर्न यही टिम लाग्यो भने पनि सय वर्षसम्म असम्भव छ। ‘यो गीत दशैँको पर्यायवाचीजस्तो भइसकेको छ,’ उनी गर्विलो सुनिन्छन्, ‘जसले पर्वलाई पनि परिचित गराउँछ।’

हिन्दु नेपालीहरूलाई दशैँ महसुस गराउने यही गीतले संगीतकारको जीवनलाई सार्थक बनायो। ‘जीवनमा धुन निकाल्न सबैभन्दा कठिन भएको गीत थियो यो। त्यसको परिणाम जीवनभर पाइरहेको छु,’ सुरेश खुसीसाथ भन्छन्।

प्रकाशित: २०८२ असोज १४ गते मङ्गलबार ०७:५८
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना