काठमाडौँ- वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको आँखाको शल्यक्रिया सफल भएको छ। सोमबार तिलगंगा आँखा प्रतिष्ठानमा उनको दाहिने आँखाको सफल शल्यक्रिया भएको हो।
श्रेष्ठको दाहिने आँखाको मोतिबिन्दुको समस्या थियो। डा सन्दुक रुइत, डा रीता गुरुङ र डा गोविन्द पौड्याललगायतका चिकित्सकको टोलीले उनको शल्यक्रिया गरेको थियो।
श्रेष्ठको आँखामा प्रतिष्ठानले उत्पादन गरेको इन्ट्राकुलर लेन्स (मोतिबिन्दु शल्यक्रिया पश्चात राखिने लेन्स) राखिएको छ।
