काठमाडौं–सामसुङले मध्यबानेश्वरमा नयाँ आधिकारिक सर्भिस सेन्टर उद्घाटन गरेको छ।
सामसुङ नेपालका प्रबन्ध निर्देशक सुङ जुन पार्क र निर्देशक प्रणयरत्न स्थापितले सर्भिस सेन्टरको उद्घाटन गरेका हुन्।
कार्यक्रममा सर्भिस हेड राजन भट्टराई, आईएमएसका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डिकेश मलहोत्रा र आईएमएसका सेल्स हेड कैलाश अइयरल उपस्थित थिए।
नयाँ सर्भिस सेन्टरमा वारेन्टी र बिनावारेन्टी दुवै किसिमका सामसुङ मोबाइल फोन मर्मत गरिने कम्पनीले जनाएको छ। योसहित कम्पनीका आउटलेट २१ पुगेका छन्।


