काठमाडौँ- कोकाकोलाले ‘चिल एन्ड विन’ क्याम्पेन ल्याएको छ। उपभोक्तालाई स्मार्ट फोन र मोबाइल रिचार्जजस्ता उपहारहरू जित्ने अवसरसहितको क्याम्पेन सुरु गरिएको जानकारी दिएको हो।
नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो प्रमोसनल क्याम्पेन रहेको कम्पनीको दाबी छ। यसका अफर स्प्राइट र फ्यान्टाको पेट बोतलहरूमा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।
उपहार लागि युनिक कोडका लागि विशेष रूपमा चिह्न लगाइएको पेट बोतलहरूको लेबलमा वा आरजिबी बोतलहरूको क्राउनमुनि चेक गर्नुपर्ने जनाइएको छ। क्याम्पेनको वेबसाइटमा कोड राखेर वा एसएमएसमार्फत कोड पठाएर प्रत्येक दिन एक विजेतालाई स्मार्ट फोन प्रदान गरिने कम्पनीले उल्लेख गरेको छ।
सहभागीहरूले पाँच सय रुपैयाँसम्मको मोबाइल रिचार्ज जित्न सक्ने कम्पनीले जनाएको छ। यो योजना नेपालभर कोकाकोला, स्प्राइट र फ्यान्टाको १७५ मिलि तथा २५० मिलिको सिसाको बोतल र २५० मिलि तथा ५ सय मिलि पेट बोतलमा लागू हुने जनाइएको छ।
उपभोक्तालाई आफ्नो पुरस्कार दाबी गर्न सजिलो होस् भन्ने उद्देश्यले कम्पनीले डिजिटल पेमेन्ट पार्टनरका रूपमा खल्तीसँग सहकार्य गरेको जनाएको छ। जसले गर्दा विजेताहरूले तुरुन्तै आफूले जितेको रकम प्रयोग गर्न पाउने कम्पनीको भनाइ छ। यो अफर असार ३० सम्म लागू हुने उल्लेख छ।


