२०८३ भदौ ३० गते मङ्गलबार

लालाबाला काठमाडौं अन्तर्राष्ट्रिय बालनाटक महोत्सवको पाँचौ संस्करण जारी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १९
1000029422

काठमाडौँ: नेपाललगायत १२ देशका कलाकार सहभागी रहेको लालाबाला काठमाडौं अन्तर्राष्ट्रिय बालनाटक महोत्सवको पाँचौं संस्करण काठमाडौँमा जारी छ। महोत्सवको पहिलो दिन गत सोमबार काठमाडौंको इम्पेरियल वर्ल्ड स्कुलको प्रेक्षालयमा नाटक मञ्चन भएको थियो।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बुढानीलकण्ठ महानगरपालिकाकी उपमेयर अनिता लामासहित विशेष अतिथि कलाकार तथा सङ्गीत नाट्य एकेडेमीका पूर्व–उपकुलपति हरिहर शर्मा, प्राडा अभि सुवेदी, रङ्गकर्मी आकांक्षा कार्की, प्रभाकर न्यौपाने, राम केयसी, मञ्जु गिरीलगायतका अतिथिहरूको सहभागिता रहेको थियो।

उद्घाटनको अवसरमा कलाकार सुन्दर लामाले ‘फर्ममेन्स आर्ट मुक्ति, एउटा उत्सव’ प्रस्तुत गरे। त्यसपछि आयोजक विद्यालयको प्रस्तुति ‘बच्चा माई बच्चा’ र बङ्गलादेशको नाटक ‘मिट्टिकर फूल’ मञ्चन गरिएको थियो।

दोस्रो दिन युकेको ‘एब्स्ट्र्याक्ट शो’ र इरानको ‘इम्प्याथी’ नाटकले दर्शकको मन जितेका थिए। महोत्सवका सहभागी कलाकारहरू आइतबार साँझसम्म नेपाल आइपुगेका थिए। उनीहरूलाई काठमाडौं, भक्तपुर र ललितपुरका ऐतिहासिक स्थलहरूको भ्रमण गराइएको छ।

महोत्सवका क्रममा बुधबार जोय हाउस कलेक्टिभ नेपाल र श्रीलंकाको प्रस्तुति भएको थियो। बिहीबार भ्याली भ्यु स्कुल र चेक रिपब्लिकको नाटक तथा शुक्रबार श्रीयन्त्र एजुकेसन फाउन्डेसन (भारत) र स्लोभाकियाको नाटक मञ्चन हुँदैछ।

महोत्सवमा नेपाल, भारत, बङ्गलादेश, श्रीलंका, इरान, थाइल्यान्ड, युके, जापान, स्लोभाकिया, चेक रिपब्लिक, लातभिया र ब्राजिलका कलाकारहरूले आफ्ना देशका भाषा र संस्कृतिमा विभिन्न शैलीका नाटक मञ्चन गर्नेछन्। साथै बालबालिकासँग नाट्य कार्यशालासमेत सञ्चालन गरिनेछ।

चेक रिपब्लिक, स्लोभाकिया र लातभियाका कलाकारहरू थप चार दिन नेपालमै बसेर विभिन्न स्थान अवलोकन गर्ने योजनामा छन्। उनीहरूको बसोबास, खानपान र अन्य सम्पूर्ण खर्च आयोजक विद्यालयले बेहोरेको हो। विद्यालयका संस्थापक तथा चेयरम्यान कुमार कार्कीका अनुसार विद्यालयलाई अन्तर्राष्ट्रिय कला–केन्द्रका रूपमा विकास गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको हो। ‘विदेशी कलाकारहरू बस्ने, खाने र नाटक प्रस्तुत गर्ने स्थायी भेन्यु बनाउने हाम्रो लक्ष्य हो,’ उनले बताए।

नाटक मञ्चन समय हरेक दिन बिहान १०:३०, दिउँसो १:०० र साँझ ५:०० बजे तय गरिएको छ। महोत्सव शुक्रबार औपचारिक रूपमा समापन गरिनेछ।

प्रकाशित: २०८२ कार्तिक १९ गते बुधबार १२:२८
प्रतिक्रिया

थप समाचार

‘झिँगेदाउ गर्दिनका लागि गरेको चलचित्र हो, तर जीवनभर सम्झिनलायक काम बन्यो’

बुहारीलाई दबिएर बस्नुपर्ने परम्परागत धारणाको पक्षमा म छैन। बुहारी हुनु भनेको निश्चित सामाजिक भूमिकामा सीमित हुनु होइन, मानवताको हिसाबले आफ्नो जिम्मेवारी पूरा गर्नु हो।

‘जलाकी’बाट डेब्यु अभिनेत्री साहारा हाङमा लिम्बुको चारित्रिक पोस्टर सार्वजनिक, मंसिरमा प्रर्दशनमा आउने

काठमाडौं। ‘जलाकी’बाट नेपाली सिनेमामा डेब्यु गरेकी अभिनेत्री साहारा हाङमा लिम्बुको चारित्रिक पोस्टर सार्वजनिक भएको छ। कुसे औंसी अर्थात् बुवाको मुख हेर्ने दिनको अवसर पारेर उनको सोलो पोस्टर...

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।

‘गौंथली’ बन्यो बढी कमाउने चलचित्र, कूल आम्दानी पौने २६ करोड

काठमाडौं। चलचित्र विकास बोर्डले आइतबारसम्म प्रदर्शनरत नेपाली चलचित्रहरूको आधिकारिक बक्स अफिस विवरण सार्वजनिक गरेको छ। बोर्डका अनुसार ‘गौंथली’ प्रदर्शनरत चलचित्रमध्ये सर्वाधिक कमाइ गर्ने...

साढे तीन करोडमा बनेको ‘बेहुली’को ट्रेलर सार्वजनिक, पाँच प्रतिशत बाढीपीडितलाई दिने

काठमाडौं । नेपाली चलचित्र ‘बेहुली’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंको जय नेपाल हलमा आयोजित विशेष कार्यक्रमबीच चलचित्रको आधिकारिक ट्रेलर सार्वजनिक गरिएको हो। कार्यक्रममा चलचित्रका...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना