लिलोङ्वे (मलावी)- चक्रवात फ्रेडीबाट मृत्यु हुनेको संख्या ४३८ भन्दा बढी पुगेको छ। मलावीको दक्षिणी क्षेत्रमा थप मृत शरीर फेला परेपछि मृतकको संख्या बढेको हो।
त्यहाँको विपद् व्यवस्थापन मामिला विभागले मृतकको संख्या ४३८ पुगेको जानकारी दिएको छ। विभागले बिहीबार मात्रै आँधीका कारण ३२६ जनाको मृत्यु भएको करिब तीन लाख ४५ हजार व्यक्ति वा ७९ हजार घरपरिवार विस्थापित भएका जनाएको थियो।
उनीहरूलाई राख्नका लागि ५०५ शिविरहरू स्थापना गरिएको छ। विभागका आयुक्त चाल्र्स कालेम्बाका अनुसार घाइते हुनेको सङ्ख्या ९१८ पुगेको छ भने अन्य २८२ जना हराइरहेका छन्।
‘विभाग, मानवीय साझेदारहरू र परिषदहरूले मलावी रेड क्रस सोसाइटी र समुदायहरूको समन्वयमा खोजी र उद्धार कार्यहरू जारी राख्दै प्रभावित र विस्थापित परिवारहरूलाई राहत सहायताको प्रावधानमा सहजीकरण जारी राखेका छन्,’ विभागका एक अधिकारीले सिन्ह्वासँग भनेका छन्।
मलावीका राष्ट्रपति लाजरस चाक्वेराले यस हप्ताको सुरुमा विपत्तिको अवस्था घोषणा गरेपछि विदेशी नियोगहरू, सरकारहरू, स्थानीय र अन्तर्राष्ट्रिय संस्थाहरू, कम्पनीहरू र सद्भावना व्यक्तिहरूले मलावीलाई सहयोग गरिरहेका छन्।



