२०८३ कार्तिक १२ गते बुधबार

वरिष्ठ अभिनेता धर्मेन्द्र अस्पतालबाट घर फर्किए

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २६
dharmendra

काठमाडौँ: बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको स्वास्थ्यमा सुधार आएसँगै उनि अस्पतालबाट घर फर्किएका छन्। सोमबार स्वास्थ्य अवस्था बिग्रिएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पताल भर्ना भएका थिए। उनका स्वास्थ्यप्रति चिन्ता बढेपछि प्रशंसक र अन्य कलाकारहरू अस्पताल पुगेका थिए।

ब्रीच क्यान्डी अस्पतालका डा. प्रतीत समदानीले एएनआईसँग कुरा गर्दै बताए अनुसार, धर्मेन्द्र बुधबार बिहान ७ः३० बजे अस्पतालबाट डिस्चार्ज भएका छन्। उनले बताए, ‘धर्मेन्द्रलाई आज बिहान ७ः३० बजे अस्पतालबाट डिस्चार्ज गरिएको छ। उनका परिवारले अहिले घरमै उनको हेरचाह गरिरहेका छन्।’

सनी देओलको टोलीको आधिकारिक विवरणमा भनिएको छ कि धर्मेन्द्रले घरमै डाक्टरको निगरानीमा उपचार र विश्राम गर्नेछन्। टोलीले सञ्चारमाध्यम र जनतालाई उनकी र परिवारको गोपनीयताको सम्मान गर्न अनुरोध गरेको छ। धर्मेन्द्रका नजिकका परिवारका सदस्यहरूले बताएका छन् कि उहाँ घरमै आईसीयूको निगरानीमा उपचार गर्नेछन्। निर्देशक गुड्डु धनोआले पनि भेट गरेपछि बताए, ‘उहाँ सुधार गर्दै हुनुहुन्छ। अहिले उहाँ ठीक हुनुहुन्छ।’

सोमबार उनको घर जुहु, मुम्बईमा एम्बुलेन्स प्रवेश गरेको देखिएको थियो। उनका स्वास्थ्यप्रति चिन्ता बढेपछि सलमान खान, गोविन्दा, अमीषा पटेल लगायतका बलिउड कलाकारहरू अस्पताल पुगेका थिए। धर्मेन्द्रका परिवारका सदस्यहरू, जसमा सनी देओल, बोबी देओल, उनका नातिनी÷नातिनाहरु करन देओल र राजवीर देओल, पत्नी हेमा मालिनी लगायत अन्य सदस्यहरू पनि उपस्थित थिए।

मंगलबार, आमिर खान आफ्नी प्रेमिका गौरी स्प्राटसहित अस्पताल पुगेका थिए। कामको कुरा गर्दा, धर्मेन्द्र आगामी फिल्म ‘इक्कीस’ मा देखिने तयारीमा छन्। यो फिल्म श्रीराम राघवनले निर्देशन गर्नेछन् र अग्रगामी भूमिकामा अगस्त्य नन्दा रहनेछन्। चलचित्र २५ डिसेम्बरमा प्रदर्शन हुने तय भएको छ।

प्रकाशित: २०८२ कार्तिक २६ गते बुधबार ०१:३३
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना