२०८३ कार्तिक १३ गते बिहिबार

अमेरिकामा ४३ दिने सरकार बन्द अवधि सकियो, राष्ट्रपति ट्रम्पले गरे बजेट स्वीकृत

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २७
trump

काठमाडौँ: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय सरकार पुनः सञ्चालन गर्न आवश्यक बजेट स्वीकृत गर्दै ऐतिहासिक ४३ दिने लामो सरकार बन्द अवधि औपचारिक रूपमा अन्त्य गरेका छन्। बुधबार ओबल अफिसमा बजेट स्वीकृत गर्ने समारोहमा बोल्दै ट्रम्पले यस लामो बन्दका लागि डेमोक्र्याटहरू जिम्मेवार रहेको आरोप लगाउँदै यसलाई ‘अमेरिकी करदातालाई दबाब दिने प्रयास’ भने।

उनले भने, ‘गत ४३ दिनदेखि कांग्रेसका डेमोक्र्याटहरूले अमेरिकी सरकार बन्द गरेर अवैध आप्रवासीका लागि सयौँ अर्ब डलरको माग गर्दै अमेरिकी करदातालाई दबाब दिन खोजे। आज हामी स्पष्ट सन्देश दिँदैछौं कि हामी कहिल्यै दबाबमा पर्न सक्दैनौं।’ यसअघि, अमेरिकी प्रतिनिधि सभाले बजेट प्याकेज अनुमोदन गरेको थियो। सभाले यसलाई २२२ विरुद्ध २०९ मतले पारित गरेको थियो, जसमा अधिकांश रिपब्लिकन र केही डेमोक्र्याटहरूले समर्थन गरेका थिए। यसअघि अमेरिकी सिनेटले पनि यसै हप्तामा बिल पारित गरेको थियो।

समारोहमा राष्ट्रपति ट्रम्पले सरकार बन्द रहँदा जनसेवामा ठूलो असर परेको र दुई लाख भन्दा बढी उडान रद्द वा ढिला भएका, एक करोड सरकारी कर्मचारीले तलब पाएका छैनन् र अहिले लाखौं अमेरिकीलाई खाद्य सहायता कटौती भएको बताए। नयाँ स्वीकृत बजेट एचआर ५३७१ ले संघीय सरकारको अधिकांश कार्य जनवरी ३०, २०२६ सम्म जारी राख्ने व्यवस्था गरेको छ।

यसले कृषि, ग्रामीण विकास, फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन, सैन्य निर्माण, भूतपूर्व सैनिक विभाग र विधायिका शाखा जस्ता मुख्य क्षेत्रहरूका लागि पूर्ण वर्षको विनियोजन पनि समेटेको छ। बजेट पास भएपछि सरकार तात्कालिक रूपमा आफ्नो सामान्य कामकाज पुनः सुरु गर्नेछ, र तलब नपाएको कर्मचारीहरूलाई भुक्तानी वितरण हुनेछ। यसले महत्वपूर्ण कार्यक्रमहरूमा रोकिएको रकमपनि पुनः स्थापना गर्ने जानकारी कार्यकारी कार्यालयले दिएको छ।

ट्रम्पले समारोहमा फिलिबस्टर प्रणालीको अन्त्य गर्नुपर्ने पनि आह्वान गरे, जसले अमेरिकी सिनेटमा अनिश्चितकालीन बहस गरेर विधेयक वा प्रस्तावमा मत रोक्ने वा ढिला गर्ने प्रचलनलाई जनाउँछ। यससँगै अमेरिकी सरकारले इतिहासको सबैभन्दा लामो र विवादास्पद सरकार बन्द अवधि अन्त्य गर्दै पूर्ण रूपमा काम सुरु गर्ने भएको छ।

ट्रम्पले आफ्नो भाषणमा भने, ‘मेरो हस्ताक्षरपछि संघीय सरकार सामान्य रूपमा सञ्चालन हुनेछ। हामी लागत घटाउने, जनसुरक्षा पुनर्स्थापित गर्ने र अमेरिकालाई सबैका लागि सस्तो बनाउन काम गर्दै जानेछौं।’

प्रकाशित: २०८२ कार्तिक २७ गते बिहिबार ०१:०१
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना