पोखरा- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको न्युरोडमा आफ्नै भवनको समुद्घाटन गरेको छ। जेठ २२ गते कम्पनीका सञ्चालक कमलेश अग्रवाल,विमल प्रसाद ढकाल र कृष्णराज लामिछानेका साथै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रादेशिक प्रमुख केशवराज ढकालले संयुक्त रूपमा रिवन काटेर भवनको उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहमा बोल्दै अग्रवालले निकट भविष्यमा नै कम्पनीले नेपालका मुख्य शहरमा घरजग्गा खरिद गर्ने योजना बनाएको बताए। प्राधिकरणका ढकालले नेपाल लाइफले प्रादेशिक कार्यालय स्थापना गरी नेपाल बीमा प्राधिकरणले लिएको नीतिलाई सघाएको बताए।
समुद्घाटन समारोहका सभापति तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले पोखरामा घर खरिद गरी सेवा प्रवाह गर्नु रणनैतिक रूपमा एकदमै महत्वपूर्ण भएको बताए।


