२०८३ कार्तिक १२ गते बुधबार

पर्दाका खतरनाक खलनायक, वास्तविक जीवनमा विनम्र साधक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ६
amris_puri

बालाजी विट्टल आफ्नो पुस्तक ‘प्योर इभिल: द ब्याडमेन अफ बलिउड’ मा लेख्छन्, ‘सिनेमामा खलनायकका जति पनि रूपहरू परिकल्पना गर्न सकिन्छ, मोग्याम्बोले ती सबैलाई आफ्नो व्यक्तित्वमा समेटेका थिए। तर, उनलाई महिलामाथि हुने हिंसा पटक्कै मन पर्दैनथ्यो। मानिसको ध्यान आफूतिर तान्ने उनको शैली भने बच्चाको जस्तो थियो। आफ्ना गुन्डाहरूलाई हिटलरको शैलीमा ‘हेल मोग्याम्बो’ भन्न लगाउनु र हरेक जघन्य अपराधपछि ‘मोग्याम्बो खुस हुआ’ भन्ने थेगो बोल्नुले दर्शकको नजरमा उनको दुष्टतालाई ओझेलमा पार्दै ताली बजाउन बाध्य बनाउँथ्यो।’

सन् १९८७ मा शेखर कपुरको फिल्म ‘मिस्टर इन्डिया’ रिलिज हुँदा एउटा अनौठो घटना भयो। फिल्मका नायक थिए अनिल कपुर, तर चर्चाको केन्द्रमा भने खलनायक अमरीश पुरी रहे। बलिउडको इतिहासमा उनले निर्वाह गरेको ‘मोग्याम्बो’ को चरित्र आज पनि एक कोसेढुङ्गा मानिन्छ।

पञ्जाबको नवांशहरमा जन्मिएका अमरीश पुरीले शिमलाको बीएम कलेजबाट पढाइ सके। सन् ५० को दशकमा उनी सपनाको सहर बम्बई (मुम्बई) आए। त्यहाँ उनका दुई दाजुहरू मदन पुरी र चमन पुरी पहिलेदेखि नै फिल्म क्षेत्रमा जमेका थिए। चौडा काँध, अग्लो कद, गरुङ्गो आवाज र पछि ट्रेडमार्क बनेको ह्याट (टोपी)– यी विशेषता अमरीश पुरीको पहिचान थिए। तर, उनलाई कलाकारिताको पहिलो ‘ब्रेक’ भने भारतीय रङ्गमञ्चका हस्ती इब्राहिम अलकाजीले दिएका थिए।

मित्र एसपी मेघनानीको सहयोगमा अमरीश अलकाजीकहाँ पुगेका थिए। आफ्नो आत्मकथा ‘द एक्ट अफ लाइफ’ मा त्यो क्षण सम्झँदै अमरीश लेख्छन्, ‘अलकाजीले पाँच मिनेटभित्रै मलाई एउटा स्क्रिप्ट थमाएर मभित्र अथाह आत्मविश्वास भरिदिए। मलाई थाहा थियो, उनी कोठाको अर्को कुनाबाट आउँदै गर्दा मलाई नै नियालिरहेका थिए। ‘के रङ्गमञ्चमा रुचि छ?’ भन्ने प्रश्नमा मैले ‘हो’ भन्नासाथ उनले आर्थर मिलरको नाटक ‘अ भ्यु फ्रम द ब्रिज’ को मुख्य भूमिका मलाई सुम्पिए।’

त्यसपछि अमरीश पुरीले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन।

अमरीश पुरी

परिवारका साथमा अमरीश पुरी

विजय तेन्दुलकरको नाटक ‘सखाराम बाइन्डर’ मा काम गरेपछि उनको चर्चा चुलियो। यो नाटक एक अविवाहित  जिल्दसाज (छापिएका पृष्ठहरूलाई पुस्तकका रूपमा मिलाउने कालिगड) को कथा थियो, जसले घरबारविहीन महिलालाई आश्रय दिँदै उनीहरूसँग सम्बन्ध राख्थ्यो। नाटकमा अश्लील शब्दहरूको प्रयोग र महिला शोषणलाई न्यायोचित देखाउन खोजिएको भन्दै ठूलो विरोध भयो।

यसबारे अमरीशले लेखेका छन्, ‘महाराष्ट्रजस्तो रङ्गमञ्चको समृद्ध परम्परा भएको ठाउँमा पनि मानिसहरूले कलालाई अश्लील मान्नु मलाई आश्चर्यजनक लाग्यो। जीवनका अनुभव जतिसुकै भद्दा किन नहोउन्, मञ्चमा आउँदा त्यो कलाको छन्नीबाट खारिएर प्रस्तुत हुन्छ भन्ने कुरा धेरैले बुझेनन्।’

अमरीश पुरीका अर्का गुरु सत्यदेव दुबे थिए। दुबेका अनुसार अमरीशका लागि जागिर र थिएटर सँगसँगै लैजान निकै कठिन थियो। बढ्दो पारिवारिक दायित्व र पैसाको अभावका बीच पनि उनले समय व्यवस्थापन गरे। दुबे भन्छन्, ‘अमरीशले हिन्दी रङ्गमञ्चमा अरू कुनै पनि अभिनेताले भन्दा बढी योगदान दिएका छन्।’

अमरीश पुरी को थियेटर में काफी प्रसिद्धि मिली

थिएटरमा अमरीश पुरी

दुबेले अमरीशको विनम्रताको तारिफ गर्दै भनेका थिए, ‘मैले अमरीशलाई जति गाली अरू कुनै कलाकारलाई गरिनँ होला। तर, उनले कहिल्यै चित्त दुखाएनन्, न त उनको आत्मसम्मानमा ठेस पुग्यो।’ समर्पणको उदाहरण दिँदै दुबेले एक वर्कसपमा भनेका थिए, ‘महिलाहरूमा समर्पणको भावना बढी हुने भएकाले उनीहरू छिटो सिक्छन्। र, म यो पनि भन्न चाहन्छु कि अमरीश थिएटरमा मैले अहिलेसम्म भेटेकी सर्वश्रेष्ठ ‘महिला’ हुन्।’

अमरीशको प्रतिभालाई श्याम बेनेगलले चिने र आफ्ना फिल्महरू ‘मन्थन’, ‘निशान्त’ र ‘भूमिका’ मा स्थान दिए। ४० वर्षको उमेरमा फिल्ममा पाइला टेकेका अमरीश र श्यामको जोडी ‘समानान्तर सिनेमा’ मा जम्यो।

बेनेगल भन्छन्, ‘निशान्त फिल्मका लागि मलाई एक प्रभावशाली व्यक्तित्व चाहिएको थियो। अमरीशको व्यक्तित्वमा त्यो प्रभुत्व थियो। उनलाई अभिनय सिकाउनै परेन।’ बेनेगलले यो पनि सम्झिए कि ‘सरदारी बेगम’ को सुटिङमा नयाँ अभिनेत्री स्मृति मिश्र आत्तिँदा अमरीशले नै उनलाई सम्झाएर हौसला दिएका थिए।

अमरीश आफैंले पनि स्वीकारेका छन् कि श्याम बेनेगल र गोविन्द निहलानीसँग काम गर्दा उनको अभिनय निखारियो। उनी भन्थे, ‘उनीहरूलाई थाहा हुन्थ्यो मबाट के लिन सकिन्छ, र मलाई थाहा हुन्थ्यो म कसरी प्रस्तुत हुनुपर्छ।’

विजय तेन्दुलकरले पनि उनको तारिफ गर्दै भनेका थिए, ‘अमरीशको अभिनय यान्त्रिक हुँदैनथ्यो। ‘सखाराम बाइन्डर’ मा उनले आत्मा नै हालिदिएका थिए। ‘सुरज का सातवाँ घोडा’ मा उनले सिर्जना गरेका क्षणहरू अविष्मरणीय छन्।’

कन्नड भाषा नजान्दा पनि अमरीशले निर्देशक गिरीश कर्नाडको फिल्म ‘काडु’ मा जादुमय अभिनय गरे। कर्नाड सम्झन्छन्, ‘संवाद याद गर्न नसक्दा उनी दिक्क मानेर निधारमा हात बजार्थे। अन्ततः मैले उनका संवाद घटाएर जम्मा छ लाइनमा झारिदिएँ। तर, कम संवादका बाबजुद उनले आफ्नो शरीरको हाउभाउ र आँखाको अभिनयले फिल्ममा प्राण भरे।’ यो फिल्म बक्स अफिसमा ठूलो हिट साबित भयो।

गोविन्द निहलानीको ‘तमस’ मा अमरीशले एक वृद्ध शिखको भूमिका निभाएका थिए। एउटा दृश्यमा उनले ‘अरदास’ (प्रार्थना) पढ्नुपर्ने थियो। अरदास त कण्ठ थियो तर प्रवचन याद भएन। अन्ततः क्यामेराको छेउमा बोर्ड राखेर, जसमा अमरीशले आफैं उर्दूमा संवाद लेखेका थिए, एकै टेकमा त्यो सट ओके गरे।

बलिउडका ‘शोम्यान’ सुभाष घई अमरीशलाई एक अनुशासित विद्यार्थी मान्थे। ‘विधाता’ र ‘सौदागर’ मा दिलीप कुमारको अगाडि उभिन सक्ने दमदार अभिनेताका रूपमा घईले अमरीशलाई नै रोजे। ‘यादेँ’ फिल्मको सुटिङमा आफूले हप्काउँदा पनि अमरीशले चित्त नदुखाएको र पछि आफैंलाई ग्लानि भएर माफी माग्नुपरेको घटना घईले सम्झिएका छन्।

हलिउड यात्रा: गान्धी र इन्डियाना जोन्स
अमरीश पुरीले अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो छाप छोडे। रिचर्ड एटनबरोको ‘गान्धी’ र स्टिभन स्पिलबर्गको ‘इन्डियाना जोन्स’ मा उनले अभिनय गरे।

‘गान्धी’ का निर्देशक एटनबरोको शान्त स्वभाव र अनुशासनबाट उनी निकै प्रभावित भए। उता ‘इन्डियाना जोन्स’ को स्क्रिप्ट सुरुमा मन नपर्दा एटनबरोले नै उनलाई सम्झाएका थिए– ‘मूर्ख नबन, स्पिलबर्गले बोलाउनु भनेको ठूलो कुरा हो।’ पछि स्पिलबर्गको कामप्रतिको लगनशीलता देखेर अमरीश नतमस्तक भए।

अमरीश पुरीको तालु खुइलिएको लुक एक समय फेसन नै बन्यो। फिल्म ‘दिल तुझको दिया’ का लागि पहिलो पटक कपाल खौरिएका उनले त्यसपछि यो लुकलाई आफ्नो ट्रेडमार्क बनाए। घामबाट बच्न लगाउन थालेको ह्याट (टोपी) पछि उनको शैली बन्यो।

उनी जुत्ता र घडीका पनि पारखी थिए। उनको खुट्टाको साइज ठूलो भएकाले जुत्ता पाउन गाह्रो हुन्थ्यो। एकपटक आगरा जाँदा उनले ६५ जोर जुत्ता एकैचोटि किनेको किस्सा निकै चर्चित छ। सुटिङमा अरूको हाउभाउ नियाल्ने बानी भएका अमरीशले हवल्दारको लुगा र जुत्ता हेरेरै ‘गर्दिश’ फिल्मको भूमिका जीवन्त बनाएका थिए।

गांधी फ़िल्म की शूटिंग का एक दृश्य

गान्धी फिल्म शुटिङको क्रममा लिइएको तस्बिर

आफ्नो जीवनकालमा ३१६ वटा फिल्ममा अभिनय गरेका अमरीश पुरीको अन्तिम फिल्म श्याम बेनेगलकै ‘नेताजी सुभाषचन्द्र बोस: द फरगटेन हिरो’ थियो। रङ्गमञ्च र सिनेमाका यी दिग्गज हस्तीले सन् १९७९ मा संगीत नाटक अकादमी पुरस्कार पाएका थिए।

ब्लड क्यान्सरसँग जुधिरहेका अमरीश पुरीले १२ जनवरी २००५ मा ७३ वर्षको उमेरमा यस संसारबाट बिदा लिए। पर्दामा जतिसुकै क्रुर खलनायक देखिए पनि वास्तविक जीवनमा उनी एक विनम्र, अनुशासित र कलाप्रति समर्पित साधक थिए।

प्रकाशित: २०८२ मङ्सिर ६ गते शनिवार ०४:३४
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना