काठमाडौं– सिद्धार्थ बैंकले सात वटै प्रदेशमा विभिन्न कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाएको छ। बैंकले स्वच्छ वातावरण निर्माणमा सघाउ पुर्याउने उद्देश्यले सोमबार विविध कार्यक्रमसहित दिवस मनाएको हो।
दिवस अवसरमा विभिन्न स्थानमा सरसफाइ तथा वृक्षारोपण, कर्मचारीमाझ टिकटक प्रतियोगिता, पुनः प्रयोग गर्न सकिने कटन ब्याग वितरण र नो प्रिन्ट डेजस्ता कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ।वृक्षारोपण तथा सरसफाइ कार्यक्रमअन्तर्गत देशका सातवटै प्रदेशमा ५८१ वटा बोटबिरुवा रोप्नुका साथै विभिन्न सार्वजनिक स्थानमा सरसफाइ आयोजना गरेको थियो।
बैंकले वातावरण संरक्षणका निम्ति ‘से नो टु प्लास्टिक’ नारालाई अवलम्बन गर्दै आधिकारिक टिकटक पेजमा ‘बिट प्लास्टिक पोलुसन’ विषय राखी समाजमा वातावरण संरक्षणसम्बन्धी जनचेतना फैलाउन कर्मचारीबीच टिकटक प्रतियोगिता सम्पन्न गरेको थियो। हाल बैंकले १९५ शाखा, २२० एटिएम र ५ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ।


