२०८३ साउन १२ गते मङ्गलबार

मध्यपहाडी राजमार्गः पोखराको हरिचोक–याम्दी खण्ड स्तरोन्नति अन्तिम चरणमा

 |  रासस
Sanket

रासस

काठमाडौँ, मङ्सिर ८
madhyapahadi

कास्की: मध्यपहाडी (पुष्पलाल) लोकमार्गको पोखरा खण्ड हुँदै दैनिक सयौँ यात्रुवाहक तथा मालबाहक सवारीसाधन पोखराबाट देशको पश्चिम भागमा बाहिरिने र भित्रिने गर्छन्।

पाँचथरबाट सुरु हुने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग पोखराबाट–बाग्लुङ हुँदै पश्चिमी सिमाना बैतडीको झुलाघाट जोड्छ। कास्की खण्डमा पर्ने पोखरा महानगरपालिकाको हरिचोकदेखि याम्दीसम्मको निर्माणाधीन राजमार्गसमेत अहिले स्तरोन्नतिको अन्तिम चरणमा पुगेको छ।

यस खण्डको काम अहिले लगभग सकिन लागेको छ। यस खण्डको ९० प्रतिशत काम पूरा भएको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतका इञ्जिनियर किरण सुवेदीले जानकारी दिए।

उनका अनुसार यस खण्डको निर्माण सकिएपछि यात्रु सहज रुपमा पोखरादेखि बागलुङ हुँदै पश्चिम क्षेत्र जान र फर्कन सक्नेछन्। ‘हरिचोक–याम्दी खण्डको मुख्य काम सकिएर पब्लिकलाई सेवा दिन तयार भएका छौँ। कालोपत्रको काम सकिएर फिनिसिङको चरणमा छौँँ’, इञ्जिनियर सुवेदीले भने। उनका अनुसार सडकमा रेलिङ, व्यारियर र रोड सेफ्टीका केही काम मात्र अब बाँकी रहेको छ। इञ्जिनियर सुवेदीका अनुसार यस खण्डमा अब जम्माजम्मी १० प्रतिशत काम बाँकी छ।

१४ साउन २०७९ मा यस खण्डको ठेक्का सम्झौता भएको थियो। मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिसँग दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौता थियो। तर, निर्माण कम्पनीको ढिलासुस्ती तथा निर्माण क्षेत्रमा बिजुली र खानेपानीको पाइप स्थानान्तरणलगायतका प्राविधिक समस्याले काममा अवरोध आएको थियो।

तोकिएको समयमा काम नसकिएपछि पहिलोपटक १४ साउन २०८१ मा र दोस्रोपटक ५ चैत २०८१ सम्म म्याद थप गरिएको थियो। यस खण्डको तेस्रोपटक थपिएको म्याद वैशाख २०८३ मसान्तसम्म रहेको इञ्जिनियर सुवेदीले बताए।

‘तेस्रोपटक थपिएको म्यादभन्दा अगावै काम सकिने निश्चित छ। निर्माणको क्रममा केही प्राविधिक तथा निर्माण कम्पनीबाट ढिलासुस्तीसमेत भयो। कार्यालयबाट पटक–पटक ताकेता भयो, स्थानीयवासी, जनप्रतिनिधि सबैको सहयोगबाट अब सम्पन्न हुने अन्तिम अवस्थामा पुगेको छ’, सुवेदीले भने।

सडक निर्माणसँगै स्थानीयवासी भने उत्साहित भएका छन्। लामो समय धुलो र हिलोको सास्ती ब्यहोर्न परेका उनीहरू फराकिलो र सुन्दर सडक बनेसँगै खुसी भएका हुन्। पोखरा सिमपानीका माधव पोखरेलले स्थानीयवासीले भोग्नुपरेको कष्ट हटेको भन्दै खुसी व्यक्त गरे।

मध्यपहाडीको हरिचोक–याम्दी खण्ड निर्माण सम्पन्न भएसँगै देशको पश्चिम क्षेत्रमा मात्र नभई साविकका धवलागिरिका चार जिल्ला तथा कास्कीका उत्तर पश्चिम भेगका नागरिकसमेत सहज सडक पूर्वाधारबाट लाभान्वित भएका छन्।

प्रकाशित: २०८२ मङ्सिर ८ गते सोमबार १२:१८
Sanket

रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।
प्रतिक्रिया

थप समाचार

सवा छ अर्बमा मध्य चमेलिया आयोजना बनाउँदै दार्चुला पावर

काठमाडौं। महाकाली नदीको सहायक चमेलियामा करिडोरमा धमाधम जलविद्युत आयोजना निर्माण भइरहेका छन्। यस्तै अपी पावर कम्पनी लिमिटेडको सहायक संस्था दार्चुला पावर कम्पनी लिमिटेडले २८.३० मेगावाट क्षमताको...

अब नागढुङ्गा सुरुङमार्ग हुँदै सररर…

राजधानी  काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्गको औपचारिक उद्घाटन भएको छ। रुङमार्गको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानी राजदूत मायदा...

नागढुङ्गा सुरुङमार्गको उद्घाटन भौतिकमन्त्री र जाइका अध्यक्षले गर्ने, प्रयोग गरेको भाडा कति?

काठमाडौँ: राजधानी  काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्गको सोमबार उद्घाटन हुँदैछ। सुरुङमार्गको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जापान अन्तर्राष्ट्रिय...

राधेराधेको खण्डहर १७ तले महल: किन रोकियो? कसको हो?

राधेराधेको यो भवनसँग जोडिएको अर्को चर्चित हल्ला भने भारतीय अभिनेता गोविन्दाको नाम हो। धेरै मानिसले यसलाई ‘गोविन्दाको भवन’ भनेर चिन्ने गरेका छन्।

चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण छठपछि (तस्बिर)

काठमाडौं चक्रपथ सुधार योजनाअन्तर्गत ८.२ किलोमिटर दूरीको दोस्रो चरणको कलंकी–बसुन्धारा खण्ड निर्माण कार्य चाडपर्व (दशैँ–तिहार–छठ)लगत्तै सुरु हुने भएको छ। अन्तिम डिजाइन स्वीकृतिपछि चिनियाँ...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
oil
उद्योग

नेपालबाट खानेतेल आयात रोक्न भारतीय उद्योगीको दबाब, उद्योग संकटमा परेको दावी

सन् २०२५ मा नेपालबाट भन्साररहित खाद्य तेलको आयात ५४८ प्रतिशत बढेको जिकिर गर्दै एसोसियसनले तत्काल कदम चाल्न सरकारसँग माग गरेको हो। एसोसियसनका अनुसार, अघिल्लो वर्षको तुलनामा नेपालबाट खानेतेल...
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
fifa_cup
खेलकुद

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।
krishna_rimal
विचार

‘सिङ्गो देश डिप्रेसनमा छ’

डिप्रेसनले राज गरेको मुलुकमा समाज सधैँ एउटा नायकको खोजीमा हुँदो रहेछ, तर कसैलाई लामो समय विश्वास गर्न नसकेर नायक बदलिरहँदो रहेछ। को

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना