२०८३ कार्तिक १२ गते बुधबार

दिग्गज गायक योगी र कार्कीसँग बेनिशा र रचनाको ‘खरानीको धूलोबाट’ सार्वजनिक (भिडिओ)

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर १४
singer

काठमाडौँ: दिग्गज गायकद्वय शिशिर योगी र आनन्द कार्कीको शक्तिशाली स्वरमा नयाँ पुस्ताका प्रतिभा बेनिशा पौडेल र रचना रिमालको सहकार्यमा ‘खरानीको धूलोबाट उठाउनु छ देश’ सार्वजनिक भएको छ।

देशप्रेम, पुनर्जागरण र आशाको सन्देश बोकेको गीतमा योगी र कार्कीको प्रबुद्ध स्वरसँगै पौडेल र रिमालको युवा जोश मिसिएको छ। योगी अम्बर गुरुङका शिष्य तथा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेर दर्जनौँ हिट गीत दिएका गायक हुन्। यस्तै नेपाली सांगीतिक धरातलमा चार दशक बिताएका कार्कीले ‘जनम जनम जिउँला सँगै’, ‘यी हल्लाहरू हुन्’, ‘लाग्छ मन हेरिरहूँ’ जस्ता कालजयी गीत दिएका छन्।

पौडेल र बेनिशा गायन रियालिटी शो नेपाल आइडलबाट चर्चामा आएका हुन्।

श्याम पौडेल अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतको शब्द श्याम पौडेल, संगीत ज्योति प्रकाश र एरेन्ज मनोहर सुनामले गरेका हुन्। मिक्सिङ–मास्टरिङ प्रकाश खरेलको छ भने गीत म्युजिक नेपाल स्टुडियोमा रेकर्ड गरिएको हो। गीतको भ्वाइस ओभर पुष्प शर्माले दिएका छन्।

सार्वजनिक गरिएको भिडियोमा शिवन पोखरेलसहित सन्चिता शाही, धर्मराज पोखरेल, रश्मि भट्ट, रबिना कार्की, स्वस्तिका गिरीलगायत कलाकारहरूको सहभागिता छ। अभिनाश श्रेष्ठले छायांकन गरेको भिडियोमा सुदीप मैनाली क्यामेरा सहायक छन्। मेकअप सन्तोषी कार्की र मेनुकाले सम्हालेका छन्।

भिडियोलाई ओम प्रसाईले एडिट तथा कलर गरेका छन् भने पोस्ट–प्रोडक्सन अविनवन मिडियाले गरेको हो। निर्देशन दिपेन्द्र प्रकाश केसीले र निर्देशन सल्लाह शिवन पोखरेलले प्रदान गरेका छन् भने जयाराम थापा प्रोडक्सन म्यानेजरका रूपमा रहेका छन्।

राष्ट्रिय भावना र नयाँ पुस्ताको स्वरले सजिएको यस गीतले दर्शक–श्रोतालाई प्रेरित गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २०८२ मङ्सिर १४ गते आईतबार ०७:११
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना