२०८३ कार्तिक १२ गते बुधबार

यूटुव र टिकटकको दबदबाले एमटिभीका संगीत च्यानल बन्द हुँदै, एक हजारले जागिर गुमाउने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर १४
mtv

लन्डन,एएफपी। सन् १९८१ मा ‘भिडियो किल्ड द रेडियो स्टार’ प्रसारण गर्दै संगीत र पप संस्कृतिमा क्रान्ति ल्याएको एमटिभीले अब यस वर्षको अन्त्यसम्ममा विश्वभरिका आफ्नो अन्तर्राष्ट्रिय संगीत च्यानलहरू बन्द गर्ने भएको छ।

अनलाइन स्ट्रिमिङ प्लेटफर्म र सोसल मिडियासँग कडा प्रतिस्पर्धा बढेपछि अहिले प्यारामाउन्ट–स्काइडान्सको स्वामित्वमा रहेको एमटिभीको यो कदमलाई धेरैले ‘एक युगको अन्त्य’ को रूपमा लिएका छन्।

प्यारामाउन्टका स्रोतहरूले एमटिभी म्युजिक, एमटिभी हिट्स तथा ८० र ९० को दशकका थिममा आधारित विभिन्न संगीत च्यानलहरू आगामी महिनाहरूमा बेलायत र अन्य युरोपेली मुलुकहरूमा बन्द हुने कुरा पुष्टि गरे।

मिडिया रिपोर्टहरूले फ्रान्स, जर्मनी, पोल्यान्ड, अस्ट्रेलिया र ब्राजिलमा पनि वर्षको अन्त्यसम्म यी च्यानलहरूको प्रसारण रोकिने जानकारी दिएका छन्।

यस समाचारपछि निराश प्रशंसकहरू र पूर्व एमटिभी भिडियो जाकीहरू—भिजेहरू—ले यसलाई पुरानो स्मृतिहरूले भरिएको सांगीतिक युगको अन्त्य भन्दै प्रतिक्रिया दिएका छन्।

म्यानचेस्टर मेट्रोपोलिटन विश्वविद्यालयकी स्क्रिन स्टडिजकी प्राध्यापक किर्स्टी फेयरक्लोले अहिले एमटिभीलाई ‘क्रान्तिकारी’ बनाउने वातावरण नै हराइसकेको बताउँदै युट्युब, टिकटकजस्ता डिजिटल प्लेटफर्मले संगीत सुन्ने र हेर्ने संस्कारलाई पूर्ण रूपमा रूपान्तरण गरिदिएको बताए।

दर्शकहरू अहिले टेलिभिजनका अगाडि बस्नेभन्दा ‘तत्काल पहुँच’ र ‘अन्तरक्रियाशीलता’ खोज्छन्, जुन नन–स्टप म्युजिक भिडियो चल्ने परम्परागत च्यानलहरूले दिन नसक्ने फेयरक्लोको बुझाइ छ।

सन् १९९० को दशकमा एमटिभी युरोपका डान्स म्युजिक कार्यक्रम निर्देशन गरेका जेम्स हाइम्यानले इन्टरनेट सर्वव्यापी हुनुअघि एमटिभीले पाएको सफलता ‘असाधारण’ रहेको स्मरण गरे। उन पार्टी जोन कार्यक्रमको केन्द्रमा रहेका थिए, जसले क्लब, टेक्नो, हाउस र ट्रान्स संगीत लोकप्रिय बनायो।

एमटिभी युरोपपछि क्षेत्रीय च्यानलहरूमा विभाजन हुँदै गएर सन् २००० को दशकमा संगीत भन्दा रियालिटी शोतर्फ मोडिएपछि हाइम्यान र भिजे सिमोन एन्जेल दुवैले च्यानल छाडेका थिए।

एन्जेलका अनुसार एमटिभीको पतनको सुरुआत मूल, धारदार संगीत सामग्री त्यागेर व्यावसायिकतामा बढी झुक्दा सुरु भयो। “सुरुमा एमटिभी केवल पैसा कमाउने प्लेटफर्म थिएन, प्रयोगात्मक भावना नै यसको सबैभन्दा ठूलो आकर्षण थियो”, उनले भने।

बेलायतका सञ्चार विश्लेषक बार्बको तथ्यांकअनुसार एमटिभी म्युजिक सन् २०२५ जुलाईमा झन्डै १३ लाख घरधुरीसम्म पुगेको थियो।

तर २००१ मा एमटिभी बेलायत र आयरल्यान्डको संगीत च्यानलहरूले एक करोडभन्दा बढी दर्शकको पहुँच बनाएका थिए, जसले फलोअरमा आएको उल्लेखनीय गिरावटलाई संकेत गर्दछ।

प्यारामाउन्टले स्काइडान्ससँग विलयपछि ठूलो मात्रामा खर्च कटौती गर्न थालेको छ। गत महिना मात्र कम्पनीले एक हजार रोजगारी कटौती गर्नुपर्ने निर्णय गरिसकेको भने अन्य केबल टेलिभिजन च्यानलहरूको समीक्षासमेत भइरहेको छ।

यद्यपि, अमेरिकामा केही एमटिभी स च्यानलहरू चलिरहनेछन् भने बेलायतमा फ्ल्यागशिप एमटिभी एचडी च्यानल उपलब्ध हुनेछ, तर यो संगीतमा नभई मनोरञ्जन सामग्रीमा केन्द्रित हुनेछ।

हाइम्यानले ‘‘एम’ भनेको ‘म्युजिक’ थियो, र त्यो अब हरायो’ भन्दै आफ्नो घरमा अझै पनि ९० को दशकका प्रोडिजी, एफेक्स ट्विनजस्ता कलाकारका क्लिपहरू भरिएका भिएचएस टेपहरू सुरक्षित राखेर राखिएको बताए।

फेयरक्लोका अनुसार एमटिभीले आफ्नो सुनौलो समयमा गरेको सांस्कृतिक प्रभाव ‘भूकम्पीय’ थियो। माइकल ज्याक्सनको ‘थ्रिलर’ को प्रिमियरदेखि लिएर सन् १९८४ को भिएमएमा म्याडोनाको ‘लाइक अ भर्जिन’ प्रदर्शनसम्म एमटिभीले विश्वभरका युवाहरूको संगीत, फेसन र संस्कृतिमा गहिरो प्रभाव छोडेको थियो।

च्यानल बन्द हुने खबर सार्वजनिक भएपछि हाइम्यान र एन्जेलले प्यारामाउन्टलाई पुराना अभिलेख टेपहरू जनताका लागि उपलब्ध गराउन अनुरोध गर्दै आएका छन्। “मानिसहरू अझै एमटिभीको सम्पदा हेर्न चाहन्छन्”, उनीहरूको भनाइ छ।

एन्जेल भन्छन्, “लामो समयसम्म एमटिभी जीवनधारण यन्त्रमा जस्तै देखिन्थ्यो। तर, अब जब च्यानलले साँच्चिकै प्लग निकाल्ने घोषणा गरेको छ, हामी सबैले अचानक महसुस गर्‍यौँ—यो त हाम्रो जीवनको एक महत्त्वपूर्ण हिस्सा रहेछ।”

प्रकाशित: २०८२ मङ्सिर १४ गते आईतबार ०८:०४
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना