२०८३ कार्तिक १२ गते बुधबार

एयरबस ए३२० सिरिजका १०० विमान ग्राउन्डेड

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर १५
airbus_a320

पेरिस,एएफपी। युरोपेली विमान निर्माता कम्पनी एयरबसले आफ्नो ए३२० सिरिजका १०० भन्दा कम विमानहरू अझै पनि तत्काल आवश्यक सफ्टवेयर अद्यावधिकका कारण ग्राउन्डेड रहेको पुष्टि गरेको छ।

गत हप्ता छ हजार जेटहरूमा असर पर्न सक्ने चेतावनी जारी गरेपछि उठेको चिन्ताबीच कम्पनीले अधिकांश विमानमा आवश्यक परिमार्जन पूरा भइसकेको स्पष्ट गरेको हो।

एयरबसद्वारा जारी विज्ञप्तिमा ‘विशाल बहुमतका विमानहरूले आवश्यक संशोधन पाइसकेका छन्। बाँकी १०० भन्दा कम विमानलाई पनि यथाशीघ्र सेवामा फर्काउन हामी एयरलाइन्स ग्राहकहरूसँग नजिकबाट समन्वय गर्दैछौँ’ भन्ने उल्लेख गरिएको छ।

युरोपको शीर्ष विमान निर्माताले केही दिनअगाडि नै आफ्ना ग्राहकहरूलाई सफ्टवेयर प्रतिस्थापनका लागि ‘तत्काल सावधानी अपनाउन’ आग्रह गरेको थियो।

यस चेतावनीले सयौँ विमान लामो समयसम्म ग्राउन्डेड रहने आशङ्का पैदा गरे पनि अधिकांश युरोपेली एयरलाइन्सहरूले असर न्यूनतम रहेको जनाएका छन्।

तर कोलम्बियाली एयरलाइन्स अभियाङ्काले भने आफ्नो कुल फ्लीटको ७० प्रतिशत प्रभावित भएकाले आगामी १० दिनसम्म उल्लेखनीय अवरोध आउने भन्दै डिसेम्बर ८ सम्म टिकट बिक्री स्थगित गरेको छ।

एयरबसले अक्टोबरमा एउटा जेटब्लु उडानमा देखिएको प्राविधिक समस्याको समीक्षा गरेपछि यो चेतावनी जारी गरेको हो।

तीव्र सौर्य विकिरणले उडान नियन्त्रण प्रणालीका लागि महत्त्वपूर्ण डेटामा असर पुर्‍याउन सक्ने सम्भावना देखिएपछि सफ्टवेयर फिक्स अनिवार्य गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित: २०८२ मङ्सिर १५ गते सोमबार ०४:५८
प्रतिक्रिया

थप समाचार

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशत बढे, पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

काठमाडौं। लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०८२०८३ मा अघिल्लो आर्थिक वर्षको...

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सहुलियतपूर्ण कर्जा कसले कति पाउँछ?

काठमाडौं। मुलुकको समग्र आर्थिक विकास, उत्पादनशीलता वृद्धि तथा दिगो स्वरोजगार प्रवद्र्धनका लागि बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विभिन्न कर्जामध्ये सहुलियतपूर्ण कर्जा महत्वपूर्ण...

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना