काठमाडौँ- ताइवानी कम्पनी प्रोमेटका सामग्री नेपालीमा बजारमा उपलब्ध हुन थालेका छन्। नेपालका लागि चिनियाँ मोबाइल कम्पनी भिभोको आधिकारिक विक्रेता सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालिले अब प्रोमेटका सामग्री पनि नेपाली बजारमा उपलब्ध गराउन थालेको हो।
अनलाइन रिटेल कम्पनी दराजसँग सहकार्य गरी प्रोमेटका सामग्री देशभर उपलब्ध गराइने सेल्लुसिटीले जानकारी दिएको छ। उच्च गुणस्तरका उपकरण खोज्ने उपभोक्ताको आवश्यकतालाई पूरा गर्न ‘प्रोमेट’का उपकरण नेपाल भित्र्याउन थालिएको कम्पनीको भनाइ छ।
प्रोमेटका सामग्री भित्रिएको अवसरमा सेल्लुसिटीले बिक्री अफर पनि सार्वजनिक गरेको छ। जेष्ठ २४ मा सोल्टी होटलमा सेल्लुसिटीले अफर सार्वजनिक गरेको हो। अफरअनुसार जेष्ठ ३२ सम्म दराज फ्लास सेलबाट खरिद गर्ने दुई जनालाई सेल्लुसिटीले एक-एक वटा सुनको सिक्का दिने घोषणा गरेको छ।
पहिलो १५० ग्राहकलाई ३० प्रतिशत छुट र लक्की ड्रमार्फत ५ जनालाई प्रोमेटका सामाग्री केवल ९९ रुपैयाँमा प्रदान गर्ने पनि योजना सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालिले ल्याएको छ।
सन् २००१ मा स्थापना भएर बजारमा आफ्ना उपकरणहरु उपलब्ध गराउँदै प्रोमेटले हालसम्म लाखौँ ग्राहकहरुको माया र प्रविधि क्षेत्रका थुप्रै पुरस्कारहरु पनि प्राप्त गर्न सफल बनिसकेको छ। नेपाली बजारमा प्रोमेटका स्मार्टफोन केस, ब्लुतुथ स्पिकर, एप्पल मोबाइलका उपकरण, डाटा केबल, कार चार्जर, इयर पड्स, हेडफोन र युएसबी हब लगायत स्मार्ट वाच उपलब्ध हुने सेल्लुसिटीले बताएको छ।
प्रोमेटका स्मार्टफोन केस, ब्लुतुथ स्पिकर, एप्पल मोबाइलका उपकरण, डाटा केबल, कार चार्जर, इयर पड्स, हेडफोन युएसबी हब लगायतका सम्पूर्ण उपकरणमा २४ महिना र स्मार्ट वाचमा १२ महिनाको वारेन्टी छ।


