काठमाडौँ: ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा नेपाली चलचित्र ‘ताराहरू’ रिलिज भएको छ। मोबाइल, ट्याब्लोइड एप तथा टेलिभिजन लगायत सम्पूर्ण स्मार्ट डिभाइसहरूमा विश्वभरबाट हेर्न सकिने गरी यो चलचित्र रिलिज भएको हो।
फिल्म ‘ताराहरू’ले आफ्नो सपनाहरू साकार गर्न लागिपरेका श्रीमानश्रीमती र कलाकार बन्ने चाहना बोकेका उदाउँदा ताराहरूको कथालाई उत्कृष्ट ढंगबाट प्रस्तुत गरेको छ। सँगै, कथाले साथी र उनीहरूको साथ पाएमा असम्भव जस्तो देखिने कुराहरूपनि पूरा गर्न सकिन्छ भन्ने गहिर संदेश दिएको छ।
आसन्त शर्मा, मेनुका प्रधान, मिरा खड्का, पुष्कर गुरुङ्ग लगायतका कलाकारहरूको बेजोड प्रस्तुति ले फिल्मलाई अझ दमदार बनाएको छ।
ताराहरूको लेखन तथा निर्देशन अभिनेता शर्माले गरेका हुन्।


