काठमाडौँ- महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको पाचौँ वार्षिक साधारण सभाले मर्जर प्रस्ताव पारित गरेको छ। होटल अकामा, धुम्बाराहीमा सम्पन्न साधारणसभाले प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडसँग मर्जमा जाने प्रस्ताव पारित गरेको हो।
मर्जरपछि कम्पनीको नाम ‘प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड’ कायम हुनेछ। दुवै कम्पनीको सेयर स्वाप अनुपात १:१ कायम गरी मर्जमा जाने तयारी गरिएको हो। सम्पत्ति दायीत्वको मुल्याङ्कन गर्न नियुक्त लेखा परीक्षक र निजको पारिश्रमिक अनुमोदन गर्ने लगायतका प्रस्ताव पनि सर्वसम्मतिले पारित कम्पनीले जानकारी दिएको छ। कम्पनी सचिव कमल पन्थीले सञ्चालन गरेको कार्यक्रममा बीमा प्राधिकरणको निर्देशन अनुसार आषाढ मसान्त भित्र दुवै कम्पनी मर्ज भई एकीकृत कारोबार सुरु हुने जानकारी गराए।
सभाले अध्यक्षले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनसहित आ.व. २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण पास गरेको छ। अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले स्वागत मन्तव्य राखेका थिए।


