काठमाडौं–चन्द्रागिरि नगरपालिका–४ मा अवस्थित प्राथमिक अस्पताल थानकोट परिसरमा सिद्धार्थ बैंकको सहयोगमा निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँचशिविर सञ्चालन गरिएको छ। शिविर सिद्धार्थ बैंक, नेपाल क्यान्सर केयर फाउन्डेसन र प्राथमिक अस्पताल थानकोटको सहकार्यमा आयोजना गरिएको हो।
पाठेघर क्यान्सरको सचेतनाका साथ महिला स्वास्थ्य सुधारमा पहल गर्दै आयोजना गरिएको उक्त शिविरमा १५८ महिलाको पाठेघर परीक्षण गरिएको थियो। हाल बैंकले १९५ शाखा, ५ एक्सटेन्सन काउन्टर, ११९ शाखारहित बैंकिङ, २२० एटिएममार्फत सेवा दिँदै आएको छ।


