काठमाडौं– नबिल बैंकले ग्राहक सुविधालाई लक्षित गरी ल्यान्डमार्क होटल एन्ड रिसोर्टसँग सम्झौता गरेको छ।
सम्झौताअन्तर्गत नबिल बैंकका ग्राहकले ल्यान्डमार्क होटल एन्ड रिसोर्टद्वारा सञ्चालित काठमाडौं, चितवन तथा पोखराका होटलमा खाना तथा पेय पदार्थमा १० प्रतिशत र होटल तथा रिसोर्टको आवास सुविधामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
ग्राहकले नबिल बैंकको चेक, डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्य डिजिटल माध्यमद्वारा भुक्तानी गर्दा उक्त सुविधा प्राप्त गर्न सक्नेछन्। हाल बैंकले २५५ शाखामार्फत सेवा दिँदै आएको छ।
