२०८३ कार्तिक १६ गते आईतबार

संकटग्रस्त घोषणामै सीमित इलाम, स्थानीयले गरे आन्दोलनको घोषणा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १
ilam_pahiro

इलाम:  गएको असोज १८ र १९ गतेको बाढीपहिरोपछि इलाम जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गरिए पनि पुनर्निर्माण, मर्मत तथा स्तरोन्नतिको काम अघि नबढेपछि इलामेली नागरिकहरूले सरकारप्रति गम्भीर आपत्ति जनाउँदै आन्दोलनको घोषणा गरेका छन्। जिल्लामा मुख्यत: भौतिक पूर्वाधार र सडक सञ्जालमा ठूलो क्षति भए पनि संकटग्रस्त जिल्ला घोषणामै सीमित भएको अवस्था देखिएको उनीहरूको आरोप छ।

जिल्लाको भौतिक क्षति तथा सडक सञ्जालमा भएको क्षतिको तुलना गर्ने हो भने अब केही समयमै सुरु हुने वर्षाका कारण इलाम, पाँचथर तथा ताप्लेजुङ जिल्ला मुख्य सडक सञ्जालबाट विच्छेद हुने र तीनवटै जिल्लाहरूमा स्थिति भयावह हुने अवस्था आउने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

झापाबाट इलाम लगायतका अन्य पहाडी जिल्ला जोड्ने मुख्य सडक तथा वैकल्पिक सडकहरूको तत्काल पुनर्निर्माणको कार्य प्रारम्भ गर्न इलामका राजनीतिक दल, उद्योग वाणिज्य संघ लगायत विभिन्न संघ–संस्थाहरूले पटक–पटक सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकाय तथा सरकार मौन रहेको उनीहरूको भनाइ छ।

‘जिल्लाका विभिन्न क्षेत्रमा भएको क्षति मुख्यतः भौतिक पूर्वाधार तथा सडक सञ्जालका सन्दर्भमा संकटग्रस्त जिल्ला घोषणा गरिए पश्चात् उक्त क्षेत्रहरूको पुनःनिर्माण, मर्मत तथा स्तरोन्नतिका लागि आवश्यक नीति, बजेट तथा कार्यक्रम विनियोजन भई हालसम्ममा पुनर्निर्माणका अधिकांश कार्यहरू सम्पन्न हुने अपेक्षा गरिएको थियो। तर उक्त अपेक्षा प्राकृतिक विपद् संकटग्रस्त जिल्ला घोषणामै सीमित रहेको तथ्य स्पष्ट भइसकेको छ। यस सन्दर्भलाई जिल्लाको भौतिक क्षति तथा सडक सञ्जालमा भएको क्षतिको तुलना गर्ने हो भने अब केही समयमै सुरु हुने वर्षाका कारण इलाम, पाँचथर तथा ताप्लेजुङ जिल्ला मुख्य सडक सञ्जालबाट विच्छेद हुने र तीनवटै जिल्लाहरूमा स्थिति भयावह हुने कुरामा कुनै दुईमत छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘यसर्थ झापाबाट इलाम लगायतका अन्य पहाडी जिल्ला जोड्ने मुख्य सडक तथा वैकल्पिक सडकहरूको तत्काल पुनर्निर्माणको कार्य प्रारम्भ गर्न इलामका राजनीतिक दल, उद्योग वाणिज्य संघ लगायत विभिन्न संघ–संस्थाहरूले पटक–पटक सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउने कार्य हुँदा समेत सम्बन्धित निकाय तथा सरकार मौन रहेको छ। यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको अवगत गराउँदै सरकारको यस प्रकारको मौनताप्रति खेद व्यक्त गर्दछौँ।’

सचेत इलामेली नागरिकका संयोजक ईश्वर चिपालुद्वारा जारी विज्ञप्तिमा इलाम, पाँचथर र ताप्लेजुङको ‘लाइफ लाइन’ मानिने मेची राजमार्ग तथा वैकल्पिक राजमार्गको पुनर्निर्माण र स्तरोन्नतिका लागि ठोस कदम चाल्न सरकारसँग माग गरिएको छ। तोकिएको समयमा काम सुरु नभए चरणबद्ध आन्दोलनदेखि आम हडतालसम्म उत्रिन बाध्य हुने चेतावनी समेत दिइएको छ।

उनीहरूले पहिलो चरणका आन्दोलन कार्यक्रमहरू समेत तय गरेका छन्। जसअनुसार पुस २ गतेदेखि विभिन्न आन्दोलनका कार्यक्रमहरू तय गरिएको छ।

असोज २३ गते बसेको मन्त्रिपरिषद् बैठकले बाढीपहिरोबाट सबैभन्दा बढी मानवीय क्षति भएको इलामलाई ३ महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो। बाढीपहिरोबाट इलाममा ३९ जनाको मृत्यु हुनुका साथै अन्य भौतिक क्षति भएको थियो।

पहिलो चरणको आन्दोलन कार्यक्रम:

  • बिहान ११ देखि १२ बजेसम्म एक घण्टा मेची राजमार्ग सांकेतिक बन्द
  • दिउँसो १२:३० देखि १:३० बजेसम्म इलामस्थित सडक डिभिजन कार्यालय घेराउ तथा तालाबन्दी
  • दिउँसो २ देखि ३ बजेसम्म जिल्ला प्रशासन कार्यालय इलाम घेराउ तथा ध्यानाकर्षण पत्र बुझाउने
  • इलामको समस्या समाधान नभएसम्म सरकारद्वारा घोषित निर्वाचन कार्यक्रम बहिष्कार गर्ने र दोस्रो चरणमा जिल्ला निर्वाचन कार्यालय तालाबन्दी गर्ने

 

प्रकाशित: २०८२ पुस १ गते मङ्गलबार ०३:३६
प्रतिक्रिया

थप समाचार

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

कर्णाली करिडोर चार लेन बनाउने: ३७ अर्ब लाग्ने, पाँच वर्षमा काम सक्ने

खुलालुदेखि हिल्सासम्मको सडकलाई स्तरोन्नति गर्ने योजनाअन्तर्गत २४६ किलोमिटर सडक चार लेनको कालोपत्रे बनाउने प्रस्ताव गरिएको सडक विभागले जनाएको छ। यसका लागि ३६ अर्ब ९० करोड रुपैयाँ लागत अनुमान...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना