२०८३ कार्तिक १२ गते बुधबार

रुससँग युद्ध लड्न इयुले युक्रेनलाई ९० अर्ब युरो सहयोग गर्ने सम्झौता

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस ४
Belgium Europe Summit
Ukraine's President Volodymyr Zelenskyy, second left, speaks with European Council President Antonio Costa, center rear, during a round table meeting at the EU Summit in Brussels, Thursday, Dec. 18, 2025. (Stephanie Lecocq, Pool Photo via AP)

ब्रसेल्स,एपी। युरोपेली संघ (इयु) का नेताहरूले युक्रेनलाई आगामी दुई वर्षसम्म सैन्य तथा आर्थिक आवश्यकताहरू पूरा गर्न ९० अर्ब युरो बराबरको ब्याज–मुक्त ऋण उपलब्ध गराउने सहमति जनाएका छन्। यद्यपि, कोष जुटाउन फ्रिज गरिएको रुसी सम्पत्तिहरू प्रयोग गर्ने योजनामा बेल्जियमसँगको मतभेद समाधान हुन सकेको छैन।

लगभग चार वर्षदेखि जारी युद्धका कारण युक्रेनको अर्थतन्त्र अत्यन्तै दबाबमा रहेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सन् २०२६ र २०२७ मा युक्रेनलाई करिब एक खर्ब ३७ अर्ब युरो (एक खर्ब ६१ अर्ब अमेरिकी डलर) आवश्यक पर्ने अनुमान सार्वजनिक गरिसकेको छ। किएभ सरकार टाट पल्टिने संघारमा पुगेको बताइँदै आएको छ र वसन्तसम्म नगद अभाव झेल्नुपर्ने अवस्था रहेको छ।

युरोपमा प्रायः बेल्जियममा अवस्थित करिब दुई खर्ब १० अर्ब युरो (दुई खर्ब ४६ अर्ब डलर) बराबरका रुसी सम्पत्तिहरू फ्रिज अवस्थामा रहेका छन्। तीमध्ये केही सम्पत्ति प्रयोग गरी युक्रेनलाई सहयोग गर्ने प्रस्ताव अघि सारिएको थियो। तर, बेल्जियमले यसलाई कानूनी रूपमा जोखिमपूर्ण भन्दै आपत्ति जनाएपछि सहमति जुट्न सकेन।

इयुका नेताहरूले बिहीबार रातिसम्म बेल्जियमलाई ‘क्षतिपूर्ति ऋण’ योजनामा समर्थन गरेमा सम्भावित रुसी प्रतिशोधबाट जोगाउने आश्वासन दिन गहन प्रयास गरेका थिए। तर, अन्ततः उक्त विकल्प प्रयोग नगर्ने निर्णय भयो। वार्ता अवरुद्ध भएपछि नेताहरूले पूँजी बजारबाट ऋण उठाएर युक्रेनलाई सहयोग गर्ने बाटो रोजेका छन्।

युरोपेली आयोगका अध्यक्ष एन्टोनियो कोस्टाले सामाजिक सञ्जालमार्फत भने, “हामीसँग सम्झौता भएको छ। सन् २०२६–२७ का लागि युक्रेनलाई ९० अर्ब युरो सहयोग गर्ने निर्णय स्वीकृत भएको छ। हामीले प्रतिबद्धता जनायौँ र हामीले त्यसलाई पूरा गर्‍यौँ।”

सबै सदस्य राष्ट्रले भने यो ऋण प्याकेजमा पूर्ण समर्थन जनाएनन्। हङ्गेरी, स्लोभाकिया र चेक गणतन्त्रले युक्रेनलाई समर्थन गर्न असहमति जनाउँदै विरोध जनाए। अन्ततः यस्तो समझदारी कायम भयो, जसअनुसार ती देशहरूले प्याकेज अवरुद्ध नगर्ने र कुनै पनि सम्भावित वित्तीय जोखिमबाट सुरक्षा दिने वाचा गरियो।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका अनुसार युद्धको कुल लागत छ खर्ब युरो (सात खर्ब डलर) भन्दा बढी पुग्नेछ ।

पाँच दक्षिण अमेरिकी राष्ट्रहरूसँग प्रस्तावित व्यापार सम्झौताविरुद्ध आक्रोशित किसानहरूको उग्र विरोध भइरहेका बेला आयोजित शिखर सम्मेलनमा सहभागी हुन ब्रसेल्स पुगेका राष्ट्रपति जेलेन्स्कीले नयाँ वर्षसम्म युक्रेनलाई स्थिर राख्न छिटो निर्णय गर्न अपिल गरेका थिए।

बेल्जियम हालै रुसी केन्द्रीय बैंकले यूरोक्लियरविरुद्ध मुद्दा दायर गरेपछि थप दबाबमा परेको छ। सन् २०२२ मा पूर्ण–स्तरको युद्ध सुरु भएपछि इयु प्रतिबन्धअन्तर्गत ती सम्पत्तिहरू फ्रिज गरिएका थिए।

प्रकाशित: २०८२ पुस ४ गते शुक्रबार ०१:१७
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना