काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफ्नो पहिलो तारेखका लागि काठमाडौं जिल्ला अदालत पुगेका छन्।
सोमबार तारेखका लागि अदालत पुगेका उनले सञ्चारकर्मीहरूसँगको छोटो कुराकानीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएको गुण तिर्न आएको प्रतिक्रिया दिए।
उनले भने,‘गुण लगाइदिनुभएको छ नि केपी ओलीजीले, त्यही गुण तिर्न आइराखेको छु। सबै जिल्ला अदालतमा जानुपर्ने छ। ठाउँठाउँमा वा जिउमा किला ठोकेको जस्तो भएको छ। सात दिनभित्र सबै अदालत हाजिर हुनुपर्नेछ। विष अझैँ बाँकी छ शरीरमा, त्यसको लागि तयारी गरिरहेको छु।’


