काठमाडौँ: पछिल्लो समय निरन्तर बढ्दै कीर्तिमानी रेकर्ड बनाइरहेको सुनको मूल्य बिहीबार सामान्य घटेको छ। बुधबार तोलामा ९०० रुपैयाँ बढेर प्रतितोला दुई लाख ६८ हजार एकसय रुपैयाँको कीर्तिमानी मूल्य बनाएको सुन यसदिन तोलामा ६०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ६७ हजार ५०० रुपैयाँमा खरिदबिक्री भैरहेको छ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ।
बुधबार प्रतितोला चार हजार ४२० रुपैयाँको कीर्तिमानी मूल्य बनाएको चाँदी यसदिन तोलामा २० रुपैयाँ घटेर चार हजार ४०० रुपैयाँ कायम भएको छ।


