२०८३ कार्तिक १५ गते शनिवार

स्रोत–साधन सदुपयोगको सवालमा राज्यको नीति प्रभावकारी छैन: पूर्वगर्भनर क्षेत्री

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १४
dipendra-bahadur-kshetry_7f621861

काठमाडौँ: नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर दिपेन्द्र बहादुर क्षेत्रीले देशको स्रोत र साधनको विषयमा राज्यको नीति प्रभावकारी नभएको बताएका छन्। सोमबार ललितपुरमा आयोजित ‘नेपाल विश्वव्यापी आर्थिक व्यवस्थामा परिवर्तनः नेपालका लागि अवसर र चुनौतीहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यार्सागुम्बा संसारले माग गरिरहेको अवस्थामा त्यसलाई प्रोसेसिङ गर्ने होमवर्कसम्म राज्यले नगरेको बताए।

उनले भने,‘नेपाल सम्भावना भएको देश हो त भनिराखेका छौं। तर हाम्रो देशलाई स्रोत र साधनबारे खबर नभएको जस्तोलाग्छ। राज्यको त्यसमा ध्यान गएको छैन्। राज्यको नीति पनि देखिएन। यार्सागुम्बा संसारले मागिरहेको छ। चीनले म्यानुफ्याक्चरिङ गरेर यहींबाट लगेर के के प्रगति गरिरहेको छ। तर त्यसलाई प्रोसेसिङ गर्ने होमवर्कसम्म नेपालले गरिरहेका छैन।’

त्यस्तै उनले अहिलेको अवस्थामा देशले कृषिलाई बिर्सन नहुने धारणा राखे। फुड पोलिसी र सेक्युरिटीको कुरा गर्ने तर अहिले पनि चामल भारतबाट ल्याउनुपर्ने अवस्था दुखद् रहेको उनको भनाइ छ। ‘अहिले पनि हामीे कृषिलाई बिर्सनु हुँदैन्। फुड पोलिसी र सेक्युरिटीको कुरा त गरिरहेको छौं तर चामल भारतबाट नल्याएसम्म खान पाउँदैनौं भन्ने यथार्थ छ। दाल पनि नेपालमा पुग्नेगरी उत्पादन हुँदैन।’

सोही कार्यक्रममा बोल्दै अर्थविद् डा.विश्वम्भर प्याकुरेलले नेपालले अर्थतन्त्रलाई कृषि र रेमिटेन्समा मात्र आधारित नगरेर आइटी र हाइड्रोपावरमा पनि ध्यान दिनसक्नुपर्ने बताए। ‘नेपालले अब अर्थतन्त्रलाई कृषि र रेमिटेन्समा मात्र आधारित नगरेर आइटी र हाइड्रोपावरमा पनि ध्यान दिनुपर्छ,’ उनले भने।

प्रकाशित: २०८२ पुस १४ गते सोमबार ०५:४०
प्रतिक्रिया

थप समाचार

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

कर्णाली करिडोर चार लेन बनाउने: ३७ अर्ब लाग्ने, पाँच वर्षमा काम सक्ने

खुलालुदेखि हिल्सासम्मको सडकलाई स्तरोन्नति गर्ने योजनाअन्तर्गत २४६ किलोमिटर सडक चार लेनको कालोपत्रे बनाउने प्रस्ताव गरिएको सडक विभागले जनाएको छ। यसका लागि ३६ अर्ब ९० करोड रुपैयाँ लागत अनुमान...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना