२०८३ कार्तिक १२ गते बुधबार

महाराजगञ्जमा लक्जरी ‘कर्मा रेजिडेन्सी’ बन्दै, अर्को वर्षदेखि अपार्टमेन्ट हस्तान्तरण गर्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १६
karma_residance

काठमाडौँ: बढ्दो शहरीकरण र व्यवस्थित बसोबासप्रतिको बढ्दो आकर्षणका कारण राजधानीमा अपार्टमेन्ट र लक्जरी होटलमा निजी क्षेत्रको लगानी थुप्रिन थालेको छ। यसैक्रममा, कर्मा तेन्जिङको नेतृत्वमा रहेको ‘गुडकर्मा ग्रुप अफ कम्पनीज’ ले घरजग्गा (रियल इस्टेट) र आतिथ्य (हस्पिटालिटी) क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाउँदै अर्बौँका परियोजना अगाडि बढाएको छ।

गुडकर्मा ग्रुपले राजधानीको कूटनीतिक क्षेत्र महाराजगञ्जमा सुविधासम्पन्न लक्जरी अपार्टमेन्ट ‘कर्मा रेजिडेन्सी’ निर्माण गरिरहेको छ। हालसम्म यस परियोजनाको ७८ प्रतिशत वित्तीय प्रगति भइसकेको छ। रेजिडेन्सीको ५७ प्रतिशत बुक भैसकेको छ। ४३ प्रतिशत बिक्रीयोग्य क्षेत्र बुक हुन बाँकी रहेको कम्पनीले जनाएको छ। रेसिडेन्समा तीनवटा हाइराइज बिल्डङ हुने भएका छन्। २.५ र ३.५ बीएचके अपार्टमेन्ट बनिरहेका छन्। निर्माणाधीन अपार्टमेन्ट आगामी सन् २०२७ देखि हस्तान्तरण सुरु हुने कम्पनीले जनाएको छ।

महाराजगञ्ज क्षेत्रमा आठ लेनको रिङ रोड बनिरहेको प्रिमियम कुटनीतिक क्षेत्र हो। यस क्षेत्रको एक मात्र विलासी अपार्टमेन्ट भएकोले अमेरिका, अष्ट्रेलिया, थाईल्याण्ड र साउदी अरबका दूतावासका साथै प्रमुख दूतावाशहरू नजिक अवस्थित रहेकोले आवासीय माग बलियो हुने देखिएको छ।

गुडकर्मा ग्रुपले किन्यो ठमेलको वैशाली होटल, दुई अर्ब ६७ करोड लगानीमा पाँचतारे होटल बनाउँदै

गुडकर्मा ग्रुपको नेतृत्व कर्मा तेन्जिङले गरेका छन्। उनले फोर्डह्याम विश्वविद्यालय अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्।

गुडकर्मा समूहको रियल इस्टेट, शिक्षा र आतिथ्य क्षेत्रमा लगानी रहेको छ। ग्रुपको स्थापना सेप्टेम्बर २०२० मा भएको हो। ग्रुपमा कर्माको ९४ प्रतिशत स्वामित्व रहेको छ। कम्पनीले दुई अर्ब आठ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ।

काठमाडौं जस्ता शहरी केन्द्रहरूमा आवासीय घरजग्गाको माग संरचनात्मक रूपमा बलियो छ। शहरीकरण, पूर्वाधारको उपलब्धता, रोजगारी केन्द्रहरूको निकटता र संगठित आवासको लागि प्राथमिकतामा परेको छ।

आवासीय घरजग्गालाई अपेक्षाकृत सुरक्षित दीर्घकालीन लगानीको बाटोको रूपमा पनि हेरिने गरेको छ। अर्थतन्त्र सुस्त हुँदा पछिल्लो समयमा अपार्टमेन्टको मागमा केही कमी आएको छ।

यस्तै गुडकर्माले राजधानीको ठमेलमा रहेको होटल वैशालीलाई खरिद गरी पाँच तारे बनाउने भएको छ। प्रस्तावित पाँचतारे होटल बनाउन दुई अर्ब ६७ करोड ७० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। जसमा २५ प्रतिशत स्वपुँजी (इक्विटी) र ७५ प्रतिशत बैंकको ऋण हुने गरी लगानी संरचना बनाइएको छ।

होटल हाल पुनर्निमाण प्रारम्भिक चरणमा रहेको मनाङ हस्पिटालिटी प्रालिले जनाएको छ। कम्पनीले आगामी सन् २०२७ मा आंशिक रूपमा ‘सफ्ट लन्च’ गर्ने र २०२८ सम्ममा पूर्णरुपमा व्यावसायिक सञ्चालन गर्ने योजना बनाएको छ।

कम्पनीले ठमेलमा अवस्थित होटल वैशालीको अवस्थित सम्पत्तिलाई ‘फोर पोइन्ट्स बाइ शेराटन’ ब्रान्डअन्तर्गत पाँचतारे होटलमा अधिग्रहण र पुनर्निर्माण गर्ने योजना बनाएको हो। प्रस्तावित होटलमा १०८ वटा कोठा हुने भएका छन्।

साथै, परियोजनाले फोर पोइन्ट्स बाइ शेराटन ब्रान्डको ब्रान्ड नामअन्तर्गत सञ्चालन गर्न हङकङ लिमिटेडको लक्जरी होटल्स इन्टरनेशनलसँग होटल व्यवस्थापन सम्झौता सफलतापूर्वक अन्तिम रूप दिएको छ।

म्यारियट इन्टरनेशनल ३७ भन्दा बढी प्रसिद्ध ब्रान्डहरू र ९ हजार भन्दा बढी सम्पत्तिहरूको पोर्टफोलियो भएको विश्वको अग्रणी आतिथ्य कम्पनीहरू मध्ये एक हो। यो रणनीतिक साझेदारीले परियोजनाको ब्रान्ड मूल्यलाई उल्लेखनीय रूपमा विस्तार गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २०८२ पुस १६ गते बुधबार ०१:३७
प्रतिक्रिया

थप समाचार

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...

दशैँपछि खुलेको बजारमा सुन तोलामै ११ हजार ७०० रुपैयाँ सस्तियो

दशैँ बिदापछि आइतबार खुलेको सुनचाँदी बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य २३० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी...

एनसेलमाथि राज्यको वक्रदृष्टि: लोकप्रियतावादको पासोमा विदेशी लगानी र बालेन सरकारको परीक्षा

स्मार्ट टेलिकमलाई सरकारीकरण गर्ने नाममा राज्यले एउटा कम्पनीको अस्तित्व नै नामेट पार्‍यो। २५ वर्षे लाइसेन्स सकिने बहानामा राज्यले अहिले एनसेलमाथि त्यस्तै जालो बुन्दैछ।

‘ड्याम्म हरियो सय रुपैयाँको नोट पाउँदा करोडपति बनेजस्तो फिलिङ हुन्थ्यो’

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान उपाध्यक्ष हेमराज ढकाललाई दशैं भन्नेबित्तिकै बाल्यकालमा पिङ खेलेको, पिङबाट लडेको र मामाघरमा सय रुपैयाँ दक्षिणा पाउँदाको खुसी याद आउँछ। भोजपुरमा...

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ: नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रायोजन गर्ने भएको छ। टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल (क्यान)का...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना