२०८३ साउन १३ गते बुधबार

शिक्षा मन्त्रालयद्वारा विदेशी सम्बन्धनमा सञ्चालित शिक्षण संस्थालाई १० बुँदे निर्देशन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, पुस १६
photos-1_0c1d1b6f

काठमाडौँ: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शिक्षण संस्थाहरूलाई १० बुँदे निर्देशन जारी गरेको छ।

मन्त्रालयले शिक्षणको गुणस्तर सुधार, पारदर्शिता कायम गर्ने र विद्यार्थीको हित संरक्षण गर्ने उद्देश्यले उक्त निर्देशन दिएको हो। मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका, २०५९ को अनुसूची ३ मा उल्लेखित सर्तहरू अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएको छ।

साथै, विद्यार्थीलाई अनुशासनमा राख्ने नाममा ‘डिसिप्लिन इन्चार्ज’ (डीआई) राख्दा सिकाइ प्रक्रियामा नकारात्मक असर परेको गुनासो आएपछि यस्तो व्यवस्था तत्काल हटाई विद्यार्थी परामर्श कक्ष स्थापना गर्न भनिएको छ। निर्देशनअनुसार शिक्षण संस्थाले विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूका गुनासो र सुझाव संकलन तथा नियमित सम्बोधन गर्ने व्यवस्था मिलाउनुपर्नेछ। विद्यार्थीबाट लिइने सबै प्रकारका कार्यक्रमगत शुल्कको विवरण पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्ने र सोको प्रमाणित प्रति १५ दिनभित्र मन्त्रालयमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

त्यसैगरी, प्रति कक्षाको विद्यार्थी संख्या र दैनिक सिकाइ क्रियाकलापको तालिका सूचना पाटी र वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्नेछ। शिक्षण संस्थाले अनुमति प्राप्त विषय, तह र अवधिका कार्यक्रम मात्र तोकिएको स्थानमा सञ्चालन गर्न पाउनेछन् भने त्यही कार्यक्रमको विवरण मात्र आफ्नो वेबसाइटमा राख्न पाउनेछन्।

मन्त्रालयले निर्देशिकाले तोकेको संख्याअनुसार छात्रवृत्ति पारदर्शी र निष्पक्ष रूपमा प्रदान गर्न, त्यसको विवरण सार्वजनिक गर्न र मन्त्रालयमा पेस गर्न पनि निर्देशन दिएको छ। साथै, विषयगत योग्यता र दक्षता भएका शिक्षकबाट मात्र अध्यापन गराउनुपर्ने प्रावधान पनि दोहोर्याइएको छ।
निर्देशनमा उल्लेखित प्रावधान र अनुमति दिँदा गरिएको कवुलियतनामाका सर्तहरू पालना नगरेमा शिक्षण संस्थालाई दिइएको कार्यक्रम सञ्चालन अनुमति जुनसुकै समयमा रद्द हुन सक्ने मन्त्रालयले चेतावनी दिएको छ।

प्रकाशित: २०८२ पुस १६ गते बुधबार १२:३१
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना