एजेन्सी:भेनेजुएलाको राजधानी काराकासस्थित प्रमुख सैनिक परिसर फुएर्ते टियुनामा अमेरिकाले गरेको आक्रमणपछि भएको क्षति सेटलाइट तस्बिरहरूले देखाएका छन्।
भ्यान्टोर ले खिचेका र बीबीसी भेरिफाइले विश्लेषण गरेका यी तस्बिरहरूले डिसेम्बर २२ र जनवरी ४ को अवस्थाको हवाई तुलना प्रस्तुत गरेका छन्।
यी तस्बिरअनुसार, उक्त सैनिक परिसरभित्रका कम्तीमा छ वटा संरचनामा गम्भीर क्षति पुगेको देखिन्छ।
उत्तरी भाग देखाउने एउटा तस्बिरमा रातो छाना भएको ठूलो संरचनाबाट धुवाँ उठिरहेको देखिन्छ भने त्यसको दक्षिणतर्फ रहेका तीनवटा साना भवनहरू लगभग पूर्ण रूपमा ध्वस्त भएका छन्।

पहिले

अहिले

पहिले

अहिले


