काठमाडौँ- युनाइटेड अजोड इन्स्योरेन्स सेयर रजिस्ट्रारमा नबिल इन्भेस्टमेन्ट नियुक्त भएको छ। दुवै कम्पनीले सेयर रजिस्ट्रारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
यूनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले गत जेठ १४ गते आइतबारबाट यूनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुभारम्भ गरेका थिए।
योसँगै अब कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख, शेयर दाखिल खारेज, नामसारी लगत अद्यावधिकलगायतका सम्पूर्ण कार्य नबिल इन्भेस्टमेन्ट बैकिङ लिमिटेडले गर्ने भएको छ। नबिल इन्भेस्टमेन्टको कार्यालय नारायणचौर नक्सालमा छ।


