२०८३ कार्तिक १५ गते शनिवार

मर्जको तयारीमा रहेको प्रभु लाइफको अध्यक्षमा शिक्षा भट्टचन

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ २९
shiksha

काठमाडौँ- प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्ष पदमा शिक्षा भट्टचन चयन भएकी छिन्। आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले भट्टचनलाई अध्यक्ष चयन गरेको हो।

यसअघि उनी प्रभु इन्स्योरेन्स कम्पनीको सञ्चालक थिइन्। ३२ वर्षीया भट्टचन जीवन बीमा क्षेत्रमा कान्छी महिला अध्यक्ष भएको बताइएको छ। शिक्षा प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनकी छोरी हुन्।

साधारणसभाबाट संस्थापक शेयरधनीबाट चार जना सञ्चालक निर्वाचित भए। शिक्षासहित श्यामकृष्ण श्रेष्ठ, सुशान शेचरन र मिजास भट्टचन सञ्चालकमा निर्वाचित भएका हुन्।

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्जरको तयारीमा छन्। दुवैले नेपाल बीमा प्राधिकरणबाट मर्जरको अन्तिम स्वीकृति समेत पाइसकेका छन्। असार अन्तिम सातामा एकीकृत कारोबार शुरु गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ।

प्रकाशित: २०८० जेठ २९ गते सोमबार ०९:३९
प्रतिक्रिया

थप समाचार

ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना