२०८३ कार्तिक १४ गते शुक्रबार

सहिदका सपना पूरा गर्ने कांग्रेस सभापति थापाको संकल्प

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १६
gagan-thapa_f5a937fb

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिद दिवसको अवसरमा नेपाली जनताको अधिकार, स्वतन्त्रता र लोकतन्त्रका लागि जीवन आहुति दिने सम्पूर्ण शहीदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्।

एक सन्देश जारी गर्दै थापाले २००७ सालको जनक्रान्ति अघिदेखि २०८२ सालको ‘जेनजी’ विद्रोहसम्म इतिहासका विभिन्न कालखण्डमा भएका आन्दोलन तथा संघर्षमा बलिदान दिने वीर सहिदको योगदानकै कारण आज नेपाली जनता स्वतन्त्रताको युगमा सास फेर्न सक्षम भएको बताएका छन्।

उनले सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाललाई शान्त, स्थिर र समुन्नत राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिने धारणा व्यक्त गर्दै वीर सहिदले देखाएको त्याग, बलिदान र आदर्शलाई आत्मसात् गर्नु वर्तमान पुस्ता तथा नयाँ पुस्ताको साझा दायित्व भएको बताएका छन्।

‘सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाललाई शान्त र समुन्नत राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिन्छ। वीर सहिदहरूले देखाउनु भएको त्याग, बलिदान र आदर्शको मार्गलाई आत्मसात् गर्दै समुन्नतिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु हाम्रो र नवीन पुस्ताको दायित्व हो,’ उनले लेखेका छन्।

सहिद दिवसका अवसरमा थापाले शहीदहरूको अदम्य साहस, संकल्प र आदर्शप्रति उच्च सम्मान व्यक्त गर्दै शहीदका सपना पूरा गर्ने तथा उनीहरूले देखाएको मार्गमा दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

‘आज सहिद दिवसका अवसरमा उहाँहरूको अदम्य साहस, संकल्प र आदर्शप्रति उच्च सम्मान प्रकट गर्दै सहिदका सपना पूरा गर्ने र उहाँहरूले देखाएको बाटोमा हिँड्ने प्रण गर्दछौं,’ थापाले भनेका छन्।

त्यसैगरी, कांग्रेसको नेतृत्वमा संविधानसभाबाट निर्मित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा लिपिबद्ध जनअधिकारको प्रभावकारी कार्यान्वयन र समयसापेक्ष परिमार्जन आवश्यक रहेको उनले उल्लेख गरेका छन्।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सामूहिक प्रयत्नबाट ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ को लक्ष्य हासिल गर्न सहिद दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास उनले व्यक्त गरेका छन्।

 

प्रकाशित: २०८२ माघ १६ गते शुक्रबार १०:३२
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना