२०८३ कार्तिक ११ गते मङ्गलबार

बरौनी रिफाइनरी मर्मतले ग्यास आयातमा कमी, सहज हुन अझै डेढ महिना लाग्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ १७
gas

काठमाडौं। पछिल्लो एक सातादेखि भारतबाट मागअनुसार एलपी ग्यास आयात हुन नसक्दा नेपाली बजारमा आपूर्ति असहज भएको छ। जसले गर्दा उपभोक्ताले अभाव झेल्नु परेको छ।

सबैभन्दा धेरै ग्यास आयात हुने इन्डियन आयल कर्पोरेसन (आईओसी) को बरौनी रिफाइनरी मर्मतका क्रममा रहेकाले त्यहाँबाट कोटाअनुसार ग्यास लोड हुन नसकेको नेपाल आयल निगमले जनाएको छ।

निगमका अनुसार नेपालमा मुख्यतः बरौनी, मथुरा, पारादीप र दुर्गापुर रिफाइनरीबाट ग्यास आयात हुँदै आएको छ।

तीमध्ये मथुरा रिफाइनरीबाट भने नियमित रूपमा कोटाअनुसार ग्यास आइरहेको छ। तर, बरौनी रिफाइनरीमा पुरानो प्लान्टका कारण बारम्बार मर्मत आवश्यक पर्ने भएकाले बीच–बीचमा दुई–चार दिनसम्म ग्यास लोड नै हुन नसकेको निगमको भनाइ छ।

यस्तै, नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले पनि अहिले बरौनीबाट सीमित मात्रामामात्रै ग्यास आउन थालेको स्विकार गरे। ‘पारादीप र दुर्गापुर रिफाइनरीबाट पनि अपेक्षाभन्दा कम आपूर्ति भइरहेको छ,’ उनले भने। जाडोयाममा भारतमै पनि ग्यासको खपत बढ्ने भएकाले आईओसीले पहिला आफ्नै आन्तरिक माग पूरा गरेपछि मात्र नेपालतर्फ आपूर्ति गर्ने चलन रहेकाले समेत समस्या बढेको हो।’

जाडो महिनामा विशेषगरी काठमाडौं उपत्यकामा ग्यासको खपत सामान्य समयको तुलनामा २०–२५ प्रतिशतसम्म बढ्ने गर्दछ। नेपालमा प्रतिमहिना करिब ४७–४८ हजार टन ग्यास आवश्यक पर्नेमा चालु महिनामा आयात ४२–४३ हजार टनमा सीमित हुने अनुमान गरिएको छ। यसरी चार–पाँच हजार मेट्रिक टनसम्म ग्यास कम आयात हुँदा बजारमा अभाव देखिएको चन्दले जानकारी दिए।

अर्कोतर्फ, बरौनीबाट ग्यास नपाउँदा पारादीप (ओडिसा) जस्ता टाढाका रिफाइनरीसम्म गाडी पठाउनुपर्ने अवस्था आउँदा ढुवानीका साधनको अभाव पनि समस्या बनेको चन्दको भनाई छ। उनका अनुसार गाडी समयमै नपुग्दा लोडिङ प्रभावित भएको छ।

चन्दकाअनुसार ग्यास आयातमा देखिएको समस्या करिब २०–२५ दिनदेखि रहे पनि बजारमा भने पछिल्लो एक–डेढ हप्तादेखि मात्र प्रत्यक्ष प्रभाव देखिन थालेको हो।

अहिले उपलब्ध गाडी प्रयोग गरी ग्यास ल्याउने प्रयास तीव्र पारिएको र क्रमशः आपूर्ति सुधार हुँदै गएको उनले बताए। “यो समस्या धेरै दिन लम्बिँदैन, अब एक–डेढ हप्ताभित्र आपूर्ति क्रमशः सामान्य अवस्थामा फर्किनेछ,” निगम स्रोतले जनाएको छ।

प्रकाशित: २०८२ माघ १७ गते शनिवार ०७:५८
प्रतिक्रिया

थप समाचार

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...

दशैँपछि खुलेको बजारमा सुन तोलामै ११ हजार ७०० रुपैयाँ सस्तियो

दशैँ बिदापछि आइतबार खुलेको सुनचाँदी बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य २३० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी...

एनसेलमाथि राज्यको वक्रदृष्टि: लोकप्रियतावादको पासोमा विदेशी लगानी र बालेन सरकारको परीक्षा

स्मार्ट टेलिकमलाई सरकारीकरण गर्ने नाममा राज्यले एउटा कम्पनीको अस्तित्व नै नामेट पार्‍यो। २५ वर्षे लाइसेन्स सकिने बहानामा राज्यले अहिले एनसेलमाथि त्यस्तै जालो बुन्दैछ।

‘ड्याम्म हरियो सय रुपैयाँको नोट पाउँदा करोडपति बनेजस्तो फिलिङ हुन्थ्यो’

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान उपाध्यक्ष हेमराज ढकाललाई दशैं भन्नेबित्तिकै बाल्यकालमा पिङ खेलेको, पिङबाट लडेको र मामाघरमा सय रुपैयाँ दक्षिणा पाउँदाको खुसी याद आउँछ। भोजपुरमा...

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ: नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रायोजन गर्ने भएको छ। टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल (क्यान)का...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना