काठमाडौँ: चालू आर्थिक वर्षको छ महिनामा शोधनान्तर स्थिति पाँच खर्ब एक अर्ब २४ करोड रुपैयाँ बचतमा रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ४९ अर्ब २६ करोड रुपैयाँ बचतमा थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब ५४ करोडले बचतमा रहेको छ।


