२०८३ कार्तिक १५ गते शनिवार

स्वास्थ्य बीमा बजेट १० अर्ब रुपैंयाँको वार्षिक बजेटको परिधिभित्र रहेर काम गर्ने स्वास्थ्य मन्त्रीको भनाई

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २३
sudha

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतमले सरकारले यो आर्थिक वर्षमा बीमाको लागि १० अर्ब रुपैयाँ मात्र छुट्टाएको बताएकी छन्।

शुक्रबार उनले सरकारले बीमाको लागि यो आर्थिक वर्षमा १० अर्ब रुपैयाँ छुट्टाएको भन्दै वार्षिक बजेटको परिधिभित्र रहेर नै कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताइन्।

उनले भनिन्, ‘मन्त्रीको जिम्मा लिएपछि तितामिठा सबै कुरा गर्नुपर्ने रहेछ। मिठा मिठा कुरा मैले सकाए, अर्को कुरा बीमाको पैसाको कुरा आउँछ। धेरै पैसा बाँकी छ। स्वास्थ्य मन्त्रालयले दिएको छैन् भन्ने कुरा आएको छ। तर, सरकारले बीमालाई आर्थिक वर्षमा १० अर्ब रुपैयाँ छुट्टाएको हो। त्यो हाम्रो वार्षिक बजेट हो। वार्षिक बजेटको परिधिभित्र रहेर हामीले कार्यक्रम सञ्चालन गर्नुपर्छ। त्योभन्दा बाहिर जान मिल्दैन्।’

यस्तै, उनले बीमा बोर्डले स्रोत सहमती र सुनिश्चित नगरी रकम खर्च गर्दै २४ अर्ब रुपैयाँको वार्षिक दायित्व हुनेगरि काम गरिरहेकाले पैसा जनताको करबाट नै आएको बताइन्।

उनले भनिन्, ‘बीमा बोर्डले स्रोत सहमति पनि नलिई, स्रोत सुनिश्चित पनि नगरि खर्च गर्दा दायित्व यति भयो कि २४ अर्ब रुपैयाँको वार्षिक दायित्व हुनेगरि खर्च भईरहेको छ। यसमा सरकारले पैसा कहाँबाट ल्याउँछ भन्ने प्रश्न उठेको हुनसक्छ। त्यो पैसा तपाई हाम्रै हो। विपन्न मान्छेले रगत पसिना गरेर कमाएको पैसाले तिरेको करले नेपाल सरकारले त्यो सेवा दिने हो। सरकार आफैले कुनै रुखबाट त रकम ल्याउदैँन्।’

करबाट प्राप्त पैसाको सदुपयोग कसरी गर्ने भन्ने कुरामा ध्यान दिनुपर्ने ठाँउमा नेपालीहरु सरकारले दिन्छ भनेर ढुक्का भएर बसेको पनि उनको भनाई छ।

प्रकाशित: २०८२ माघ २३ गते शुक्रबार ०३:०९
प्रतिक्रिया

थप समाचार

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

‘दशैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्’

धेरै क्यालोरी भएका खानेकुरा, अत्यधिक मासु, भात, गुलियो पदार्थ तथा चिसो पेय पदार्थको सेवन गर्दा शरीरमा आवश्यकताभन्दा बढी ऊर्जा सञ्चित हुन्छ। यसले तौल बढ्ने, रक्तचाप बढ्ने, मधुमेह हुने र शरीरमा...

गेटामा एमबीबीएस अध्ययनका लागि ५० र नर्सिङमा २० सिट निर्धारण

काठमाडौँ: कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि एमबिबिएस अध्ययनका लागि ५० सिट निर्धारण गरिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा...

एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स जनकपुरमा हुने, ‘ब्रेन गेन’तर्फ अघि बढ्ने तयारी

काठमाडौं । हाल प्रवासमा स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली तथा नेपाली मूलका विज्ञ जनशक्तिको ज्ञान, सीप, अनुभव र सञ्जाललाई मुलुकको स्वास्थ्य प्रणालीसँग जोड्ने उद्देश्यले ‘छैटौँ एनआरएन ग्लोबल...

१ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद

वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १ अर्ब रुपैयाँभन्दा बढीको उपकरण बिग्रिएर थन्केका छन्। ती उपकरण मर्मत सम्भारमा बेवास्ता गर्ने अस्पताल प्रशासनले बर्सेनि करोडौँ रुपैयाँका नयाँ उपकरण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना