काठमाडौं। पछिल्लो समय मुलुकमा अर्बौं रुपैयाँ निजी लगानीमा ‘मल्टिस्पेसियालिटी’ सुविधासहितको अस्पताल सञ्चालनमा आउन थालेका छन्। एक दर्जन यस्ता अस्पतालहरु पाइपलाइनमा छन।सञ्चालनमा रहेका अस्पतालहरुले पनि क्षमता बढाएर मल्टिस्पेसियालिटीमा परिणत गर्न थालेका छन्।
यस्तै तीन दशक बढी पुरानो नर्भिक इन्टरनेसनले हस्पिटल एन्ड मेडिकल कलेज लिमिटेडले पनि क्षमता बढाउन लागेको छ।
नर्भिक इन्टरनेसनलले दुई अर्ब ३७ करोड ५० लाख रुपैयाँ लगानी थपेर सेवा विस्तार थालेको हो। २०२३ देखि सेवा विस्तार गर्न नयाँ भवन निर्माण गरिरहेको छ।
हालसम्म ५० प्रतिशत वित्तीय प्रगति हासिल भएको नर्भिकले जनाएको छ। आउँदो पुससम्म नयाँ भवनबाट स्वास्थ्य सेवा दिने योजना नर्भिकको छ।
नयाँ पूर्वाधारमा बैंकको ऋण ६५ प्रतिशत र स्वपुँजी (इक्विटी) ३५ प्रतिशत हुने गरी लगानी संरचना बनाइएको छ। अझै ११ प्रतिशत लगानी जुटाउन बाँकी छ। हस्पिटलको क्षमता बढाउन नर्भिकले एक अर्ब ८६ करोड रुपैयाँ ऋण लिएको छ।
नयाँ पूर्वाधार बनेपछि नर्भिकले अस्पतालको क्षमता बढाएर २७५ बेड पुर्याउने भएको छ। नर्भिकले ओपिडी र आइपिडीका लागि क्षमता विस्तार थालेको हो। अहिले ११६ बेड क्षमता छ। विस्तारपछि २७५ बेड पुग्नेछ।
नर्भिकले अहिलेको पार्किङ स्थल क्षेत्रमा अत्याधुनिक सेवा र सुविधासम्पन्न आठ तले भवन निर्माण गरिरहेको छ।
अस्पतालले भवन रोशन कन्स्ट्रक्सनले बनाइरहेको छ। नयाँ भवन ‘कम्प्रिहेन्सिभ क्यान्सर ट्रिटमेन्ट’ सहितको आधुनिक र सुविधासम्पन्न हुनेछ। कूल एक लाख ६५ हजार वर्गफिटमा आधुनिक भवन बन्ने छ।
साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको नर्भिक इन्टरनेसनल हस्पिटल पब्लिक लिमिटेडमा रुपान्तरण भइसकेको छ। नर्भिक अस्पतालका साथै मेडिकल कलेज पनि सञ्चालनमा छ। २०२१ मा नर्भिक पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो।
नर्भिक इन्टरनेशनलले २५ लाख कित्ता आईपीओ जारी गर्ने भएको छ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
नर्भिकले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। नर्भिकले सेयरधनीलाई ४२.१ प्रतिशतसम्म लाभांश दिएको थियो।
नर्भिकको बलियो ब्रान्ड छवि छ। सञ्चालनको लामो ट्रयाक रेकर्ड र डाक्टरहरूको गुणस्तरद्वारा परिचित छ। अस्पतालले स्वदेशी र अन्तर्राष्ट्रिय बिरामीहरूलाई स्वास्थ्य सेवा प्रदान गर्ने नर्भिक पहिलो अस्पताल हो।
प्याथोलोजी प्रयोगशाला छ। जसले पूर्ण प्याथोलोजिकल र डायग्नोस्टिक सुविधाहरूको विस्तृत श्रृंखला प्रदान गर्दछ। अस्पताल विभिन्न चिकित्सा र शल्य चिकित्सा क्षेत्रहरूमा चिकित्सा सुविधाहरू प्रदान गर्ने बहुविशेषता भएको अस्पताल हो। कार्डियोलोजीसहित विभिन्न क्षेत्रहरूमा विशेषज्ञताको साथ एकीकृत सुविधा छ।
यस्तै अस्पतालमा इन भिट्रो फर्टिलाइजेशन –आइभिएफ), न्यूरोलोजी, ग्यास्ट्रोएन्टेरोलजी, अर्थोपेडिक्स, क्रिटिकल केयर, नेफ्रोलोजी र ओन्कोलोजीलगायत सुविधाहरु रहेका छन। यस्तै अल्ट्रासाउन्ड, अन्य स्ट्रिमहरूमा फार्मेसी, भाडा आम्दानी, ब्याज आम्दानी रहेको छ।
पहिलो त्रैमाशमा एक अर्ब ३३ करोड ८० लाख रुपैयाँबराबरको व्यापार गरेको छ। नर्भिकले गत वर्ष सन् २०२५ मा दुई अर्ब २२ करोड २० लाख रुपैयाँ कारोबार गरेको थियो। २०२४ मा एक अर्ब ९९ करोड, २०२३ मा एक अर्ब ९१ करोड र २०२२ मा एक अर्ब ७८ करोड ५० लाख रुपैयाँ कारोबार गरेको थियो। नर्भिकको कारोबार बढ्दै गएको छ।
सन् १९९३ मा उद्योगपति वसन्तकुमार चौधरीले ३० बेडसहितको नर्भिक हेल्थकेयर एन्ड रिसर्च सेन्टरबाट स्वास्थ्य सेवा सुरु गरेका थिए।
नर्भिक हस्पिटल वसन्तकुमार चौधरीको नियन्त्रणमा छ।
नर्भिकको अध्यक्ष राजेन्द्रबहादुर सिंह रहेका छन्। प्रवन्ध सञ्चालकमा मेगा चौधरी रहेका छन्। अस्पतालमा बिएलसी होल्डिङको लगानी रहेको छ।


