२०८३ कार्तिक १२ गते बुधबार

अविच्यूरीः सुनिल थापा पर्दामा कठोर, जीवनमा सरल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २४
sunil

काठमाडौं। नेपाली चलचित्र उद्योग शनिबार शोकमा छ। पर्दामा कठोर अनुहार, गम्भीर दृष्टि र बलियो संवादका कारण दर्शकको मनमा डर र प्रभाव छाड्न सफल वरिष्ठ कलाकार सुनिल थापा अब हामीमाझ छैनन्।

उनको आकस्मिक निधनले नेपाली चलचित्र क्षेत्र मात्र होइन, कला र सृजनाको क्षेत्र नै स्तब्ध बनेको छ।

उनलाई विशेषगरी खलनायक भूमिकाका लागि जनप्रियता प्राप्त भयो । विशेषगरी नेपाली ब्लकबस्टर चिनो मा ‘राते काँइला’ को चरित्रले उनलाई घर–घरमा परिचित बनायो । यस भूमिकाले उनलाई ‘अन्तिम खलनायक’को रुपमा चलचित्रप्रेमीका मनमा गहिरो छाप छाड्न सफल रहयो।

थापा केवल एक कलाकार मात्र थिएनन्, उनी नेपाली चलचित्रको एउटा युगीन अनुहार थिए। खलनायक वा चरित्र भूमिकामा देखिँदा उनले सिर्जना गर्ने प्रभाव दर्शकको स्मृतिमा रहिरह्यो। उनका पात्रहरू बोल्दैनथे मात्र, उनीहरू बोल्दा कथाले दिशा पाउँथ्यो । यही कारणले सुनिल थापा अभिनय होइन, चरित्र जिउँथे।

विडम्बना नै भन्नुपर्छ, जीवनप्रति अझै उर्जा, उत्साह र योजना बोकेका कलाकार हामीबाट यति चाँडै बिदा भए। निधनको अघिल्लो दिनसम्म पनि उनी चलचित्र ‘रामनाम सत्य’ को सुटिङमा व्यस्त थिए। सहकर्मीहरूसँग हाँसेर कुरा गर्ने, भविष्यका प्रोजेक्टबारे चर्चा गर्ने उनी भोलिपल्ट बिहानै हामी सबैका लागि स्मृतिमा सीमित बने।

चलचित्रप्रतिको उनको समर्पण अन्तिम क्षणसम्म देखिन्थ्यो। पर्दामा उनले जति कठोर पात्र निर्वाह गरे, वास्तविक जीवनमा उनी त्यति नै सरल, आत्मीय र सहयोगी थिए भन्ने कुरा उनका सहकर्मीहरूको स्मरणले प्रस्ट पार्छ। नयाँ कलाकारलाई हौसला दिने, अनुभव बाँड्ने र चलचित्रप्रति अनुशासन सिकाउने व्यक्तित्वका रूपमा पनि उनी परिचित थिए।

थापाले नेपाली चलचित्रलाई केवल अभिनय मात्र दिएनन्, उनले चलचित्रलाई विश्वसनीयता दिए। खलनायक पात्रलाई कार्टुनजस्तो होइन, यथार्थजस्तो बनाउने साहस र क्षमता उनीसँग थियो। यही कारण उनका धेरै भूमिका कालजयी बने।

चलचित्र उद्योगले एउटा अनुभवी स्तम्भ गुमाएको छ । यो क्षति शब्दमा व्यक्त गर्न कठिन छ । कलाकारहरू जान्छन्, तर उनीहरूले छाडेका पात्र, संवाद र प्रभाव सँधैैँ बाँच्छन् । सुनिल थापा अब पर्दामा देखिने छैनन्, तर उनले सिर्जना गरेका चरित्रहरू हरेक पटक नेपाली चलचित्र सम्झिँदा जीवित रहनेछन्।

नेपाली चलचित्रले एक कर्मठ कलाकार मात्र होइन, एक समर्पित सहयात्री गुमाएको छ । उनको अभाव लामो समयसम्म महसुस हुनेछ । थापा पर्दाबाट ओझेल भए, तर स्मृतिबाट कहिल्यै होइन।

प्रारम्भिक जीवन र पृष्ठभूमि

१९ मे १९५७ मा जन्मिएका वरिष्ठ कलाकार थापा नेपाली चलचित्र उद्योगका एक प्रतिष्ठित अभिनेता थिए, जसले चार दशकभन्दा बढी समय नेपाली, हिन्दी तथा बिभिन्न दक्षिण एसियाली फिल्महरूमा काम गरे । उनले आफ्नो प्रारम्भिक जीवन भारत र नेपाल दुबैमा बिताएका थिए र जहाँबाट पछि चलचित्र क्षेत्रमा चम्किला कदम चाले ।

थापाले अभिनय अघि विभिन्न क्षेत्रहरूमा पनि काम गरे । उनले मुम्बईमा मोडलिङ बाट आफ्नो करियर सुरु गरे । १९७० को दशकमा बिन्नी र मफतलाल जस्ता ब्राण्डको फेसका रूपमा देखिएका थिए ।

त्यस्तै, उनी प्रोफेशनल फुटबल खेलाडी पनि हुन्; इन्च मुम्बईका क्लबहरूका लागि खेल खेलेका थिए । साथै उनले फोटो पत्रकारको रूपमा जेएस म्यागेजिनमा काम गर्दै भुटान सम्राज्ञीको समारोह समेत कवरेज गरेका थिए ।

चलचित्र यात्रा

उनले नेपाली चलचित्रमा मात्र नभई भारतीय चलचित्र उद्योगमा पनि आफ्नो पहिचान बनाएका थिए । पहिलो ठूलो अवसर बलिउड फिल्म ‘एक दुजे कि लिए’बाट प्राप्त भए पनि नेपाली फिल्म ‘चिनो’ मा ‘राते काँइला’ को भूमिकाले उनलाई घर–घरमा परिचित बनायो ।

त्यसपछि उनले दर्जनौँ फिल्महरूमा अभिनय गर्दै खलनायक र चरित्र कलाकारको भूमिकामा आफ्नो छुट्टै पहिचान बनाएका थिए। उनले ३०० भन्दा बढी नेपाली चलचित्रहरूमा अभिनय गरेका छन्।

पुरस्कार र सम्मान

थापाले नेपाली चलचित्रका धेरै प्रतिष्ठित पुरस्कार जितेका छन्। उनले ‘म्यारी कोम’मा नेपाली प्रशिक्षकको भूमिकाका लागि ‘फिल्म फेयर अवार्ड’मा मनोनयन समेत पाए । यसबाहेक, ‘नेफ्टा’र अन्य अन्तर्राष्ट्रिय पुरस्कारहरूले उनको अभिनय क्षमता र योगदानको मान्यता दिएका छन्।

प्रकाशित: २०८२ माघ २४ गते शनिवार ०५:३६
प्रतिक्रिया

थप समाचार

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...

डिगो एपमा आयो ‘लालीबजार’, विश्वभरबाट हेर्न सकिने

काठमाडौँ: गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ फूलपातीदेखि ओटीटी प्लेटफर्ममा आएको छ। आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको उक्त फिल्म ‘लालीबजार’...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना