२०८३ कार्तिक १५ गते शनिवार

प्रभु लाइफले पारित गर्‍यो १०.३१ प्रतिशत लाभांशको प्रस्ताव

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ ३०
prabhu_life

काठमाडौँ- प्रभु लाइफइन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। उक्त साधारण सभाले कम्पनी नयाँ सञ्चालक समितिका सदश्यहरुको नियुक्ति गर्ने, लाभांश प्रस्ताव पारित गर्ने र महालक्ष्मी र प्रभु इन्स्योरेन्सबीच हुने मर्जर प्रकृया र नाम सर्वसम्मतले स्वीकृत गरेको छ।

पाँचौंवार्षिक साधारण सभाले समूह“क” संस्थापक समूहका शेयरधनीका तर्फबाट शिक्षा भट्टचन,मिजास भट्टचन,श्याम कृष्ण श्रेष्ठ र सुसन शेरचनलाई सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित गरेको छ । कम्पनीमा शंकर गौतम र दिपक पाण्डेय सर्वसाधारण शेयरधनीहरुको तर्फबाट चौंथो वार्षिक साधारण सभाबाटै सञ्चालक छन।

साधारण सभाले ९.८० प्रतिशत शेयर लाभांस र ०.५१ प्रतिशत नगद लाभांस (कर प्रयोजनको लागि) गरी जम्मा १०.३१ प्रतिशत लाभांस प्रस्ताव पारित गरेको छ।

साधारण सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष सुभाष अमात्यले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/७८को वासलात, नाफानोक्सानहिसाब, नगदप्रवाहविवरण लगायतका वित्तीयविवरणसमेत पारित गरेको छ।

साधारण सभाले प्रभु लाइफइन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्स बीच १:१ शेयर अनुपात कायम हुने मर्जर प्रकृयालाई स्वीकृति प्रदान गरेको छ। साथै, मर्जर पछि बन्ने कम्पनीको नाम प्रभु महालक्ष्मीलाइफइन्स्योरेन्स राख्नपनि स्वीकृति दिएको छ।

प्रकाशित: २०८० जेठ ३० गते मङ्गलबार ०६:२२
प्रतिक्रिया

थप समाचार

ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना