२०८३ कार्तिक १२ गते बुधबार

जेनजी आन्दोलन: ९८ प्रतिशत व्यवसायीको मनोबल प्रभावित, ७० प्रतिशत तत्काल लगानी गर्न अनिच्छुक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २७
Program_NPL13

काठमाडौँ: गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण अधिकांश व्यवसायीको मनोबल प्रभावित भएको एक अध्ययनले देखाएको छ। क्लिकमाण्डुले गरेको रिसर्च अध्ययनअनुसार जेनजी प्रदर्शनका कारण ९८ प्रतिशत व्यवसायीको मनोबल प्रभावित भएको छ भने ९७ प्रतिशतले लगानी वातावरण कमजोर भएको बताएका छन्।

काठमाडौँमा आयोजित एक कार्यक्रममा उक्त अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको थियो। कार्यक्रममा नेपाल सरकारका मन्त्रीहरूदेखि उद्योगी–व्यवसायीहरूको सहभागिता रहेको थियो।

१२१ जना अर्बपति व्यवसायी सहभागी सर्वेक्षणका आधारमा तयार गरिएको प्रतिवेदनअनुसार प्रदर्शनमा भएको आगजनी, तोडफोड र लुटपाटबाट करिब २५ अर्ब रुपैयाँ प्रत्यक्ष भौतिक क्षतिसहित कुल ३४ अर्ब रुपैयाँ बराबरको क्षति भएको उल्लेख छ।

सर्वेक्षणमा सहभागी ७० प्रतिशत व्यवसायी तत्काल थप लगानी गर्न अनिच्छुक देखिए। उनीहरू ‘पर्ख र हेर’को अवस्थामा रहेका छन् भने २१ प्रतिशत व्यवसायी थप लगानी गर्न इच्छुक देखिएका छन्।

प्रतिवेदनले निजी क्षेत्रको सुरक्षा, स्थायी नीति तथा लगानीमैत्री वातावरण तत्काल सुनिश्चित गर्न सरकारलाई सुझाव दिएको छ।

अध्ययन प्रतिवेदनले आन्दोलनहरूका क्रममा निजी क्षेत्रमाथि हुने प्रहारको मुख्य कारण अफवाह र भ्रामक सूचना भएको पनि देखाएको छ। सर्वेक्षणमा सहभागीमध्ये ६९ प्रतिशतको मत अफवाह र भ्रामक सूचनाका कारण निजी क्षेत्र आक्रमणमा परेको मत राखेका थिए। यसबाहेक रिसइबी तथा सम्पत्ति कमाउनुलाई नकारात्मक दृष्टीकोणले हेरिनु पनि मुख्य कारण भएको सहभागीहरूको भनाइ छ।

प्रदर्शनका क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणका कारण निजी क्षेत्रले असुरक्षा र लगानीका लागि अनिश्चित वातावरण महसुस गरेको पाइएको छ।

सर्वेक्षणमा सहभागी उद्योगी व्यवसायीहरूले लुटपाट, तोडफोड र आगजनीमा संलग्नलाई राजनीतिक संरक्षण नदिई तत्काल कानुनी दायरामा ल्याउन आवश्यक कानुनी प्रबन्ध गरिनुपर्ने धारणा राखेका छन्। ‘कानुन हातमा लिने कसैलाई पनि छुट दिइने छैन’ भन्ने सरकारले व्यवहारमा देखाउनुपर्ने उनीहरूको भनाइ छ।

सरकार परिवर्तन हुनासाथ नीति परिवर्तन हुने कारणले नेपालमा लगानी अनिश्चित भएको बताउँदै सहभागीहरूले कम्तीमा १० वर्षका लागि ‘आर्थिक स्थिरताको मार्गचित्र’ बनाउनुपर्ने र यस अवधिमा नीति बदल्न नहुने भनाइ निजी क्षेत्रको छ।

यस्तै युवाहरूको असन्तुष्टि र समान अवसरको आवश्यकतालाई निजी क्षेत्र र सरकारले कसरी सम्बोधन गर्ने भन्ने ठोस ‘रोडम्याप’ पनि तयार गर्नुपर्ने सुझाव  प्रतिवेदनले दिएको छ।

प्रकाशित: २०८२ माघ २७ गते मङ्गलबार ११:०७
प्रतिक्रिया

थप समाचार

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...

दशैँपछि खुलेको बजारमा सुन तोलामै ११ हजार ७०० रुपैयाँ सस्तियो

दशैँ बिदापछि आइतबार खुलेको सुनचाँदी बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य २३० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी...

एनसेलमाथि राज्यको वक्रदृष्टि: लोकप्रियतावादको पासोमा विदेशी लगानी र बालेन सरकारको परीक्षा

स्मार्ट टेलिकमलाई सरकारीकरण गर्ने नाममा राज्यले एउटा कम्पनीको अस्तित्व नै नामेट पार्‍यो। २५ वर्षे लाइसेन्स सकिने बहानामा राज्यले अहिले एनसेलमाथि त्यस्तै जालो बुन्दैछ।

‘ड्याम्म हरियो सय रुपैयाँको नोट पाउँदा करोडपति बनेजस्तो फिलिङ हुन्थ्यो’

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान उपाध्यक्ष हेमराज ढकाललाई दशैं भन्नेबित्तिकै बाल्यकालमा पिङ खेलेको, पिङबाट लडेको र मामाघरमा सय रुपैयाँ दक्षिणा पाउँदाको खुसी याद आउँछ। भोजपुरमा...

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ: नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रायोजन गर्ने भएको छ। टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल (क्यान)का...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना