काठमाडौँ- सनराइज बैंकका ग्राहकले देव्यानी इन्टरनेशनल अन्तर्गतका केएफसी, पिजा हट र क्रिमवेलको भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने भएका छन्।
सनराइज बैंक र देव्यानी इन्टरनेशनल बिच डिजिटल कारोबारमा छुट दिने सम्झौता पत्रमा हस्ताक्षर भएको हो। यस बैंकले डिजिटल कारोबारलाई प्रर्बद्घन गर्ने उद्देश्ये ग्राहकहरुलाई विभिन्न क्षेत्रमा छुुट प्रदान गर्दै आएको छ। सोहीक्रममा बैंकले केएफसी, पिजा हट र क्रिमवेलमा संग सहकार्य गरी आफ्ना ग्राहकहरुलाइ विशेष छुुटदिने व्यवस्था गरेको हो।
यस सम्झौताअन्तर्गत सन्राइज बैंककाग्राहकवर्गहरुले बैंकको मोबाइल बैंकिङ्गएपु सनराइज स्मार्ट बाट नेपाल पेको क्युआर स्क्यान गरी देव्यानी इन्टरनेसनल नेपालद्वारा केएफसी, पिजा हट र क्रिमवेल का देशैभरी रहेको आउटलेटमा भुक्तानीगर्दा १०% (अधिकतम २०० प्रति कारोबार क्यास व्याक पाउने छन्। उक्त योजना असार २१ गतेसम्मका लागि मात्रै लागु हुने सनराइज बैंकले जनाएको छ।
