काठमाडौं। नेपाली कांग्रेसले विकसित देशस्तरको उन्नत स्वास्थ्य बीमा प्रणालीमार्फत राज्यको स्वास्थ्य जिम्मेवारी पूरा गर्ने भएको छ।
बुुधबार जनकपुरमा सार्वजनिक गरेको भिजन १० मा कांग्रेसले ओखती र ओत दिने नेपालअन्तर्गत बीमा प्रणालीबाट राज्यले स्वास्थ्य जिम्मेबारी पुरा गर्ने योजना लिएको छ।
“हाम्रो परिकल्पनाको नेपालमा गर्भावस्थादेखि वृद्धावस्थासम्म नै नागरिकको स्वास्थ्यप्रति राज्य संवेदनशील र जिम्मेवार हुनेछ। परिवारमा कसैलाई रोग लागिहाले ुकसरी उपचार गर्ने र अस्पतालको शुल्क कसरी तिर्ने? भन्ने डरबाट नागरिकहरू मुक्त हुनेछन्” भिजन–१० मा भनिएको छ।
स्वास्थ्य सेवा राज्यले गर्ने परोपकार होइन, उपचार नागरिकको मौलिक अधिकार भन्ने मान्यताका आधारमा हरेक नेपालीलाई औषधि र अस्पतालको ओत दिनु राज्यको प्रमुख कर्तव्य हुने कांग्रेले भनेको छ।


