२०८३ कार्तिक १२ गते बुधबार

प्रविधिको अधिकतम प्रयोग गरी सुशासनमा आमूल परिवर्तन ल्याउने एमालेको घोषणा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ७
4dfe670a-1a05-44c7-b133-938b339797aa

काठमाडौं। नेकपा एमालेले डिजिटल पूर्वाधार विकास र सुशासनको आधार नारासहित सूचना तथा सञ्चार प्रविधिको अधिकतम प्रयोग गरी सुशासनमा आमूल परिवर्तन ल्याउने बताएको छ।

नेपालको आफ्नै भूउपग्रह स्थापना गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा आधारभूत दूरसञ्चार सेवा र डिजिटल कनेक्टिभिटी सुनिश्चित गर्ने भएको छ।

सूचना प्रविधि क्षेत्रका अवसरको उपयोग गर्दै विद्यमान चुनौती सामना गर्नसक्ने विधि र संरचना निर्माण गर्ने, गलत सूचना, झुटा समाचार, डीपफेक, अल्गोरिदमिक पूर्वाग्रहमार्फत् सत्यलाई विकृत बनाउँदै, समाजलाई विभाजित गर्ने, सार्वजनिक सेवा, वित्तीय क्षेत्र र राष्ट्रिय सुरक्षामा खलल उत्पन्न हुने अवस्थाको अन्त्य गर्ने भएको छ।

कृत्रिम बुद्धिमत्ता (एआई) र जेनेरेटिभ एआईमा आधारित नवप्रवर्तनलाई उच्च प्राथमिकता दिँदै सोभरन लार्ज ल्याङ्वेज मोडल विकास र प्रयोगमार्फत् छोटो समयमै ठूलो प्रभाव पार्नसक्ने क्षेत्रहरूमा एआइ प्रविधि तत्काल लागू गर्ने योजना एमालेको छ। डिजिटल नेपाल फ्रेमवर्कलाई समयानुकूल परिमार्जन गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने जानकारी एमालेले दिएको छ।

सूचना प्रविधि क्षेत्रको दीगो, समग्र र संस्थागत विकासका लागि एकीकृत, स्वायत्त र सक्षम संरचना स्थापना गर्ने भएको छ। नागरिक एप, डेटा सेन्टर, राष्ट्रिय परिचय पत्र प्रणाली, एआइ केन्द्र, डिजिटल नेपाल फ्रेमवर्कलगायतका सबै प्रमुख डिजिटल पूर्वाधार इकाइहरूको स्थापना र सञ्चालन गर्ने भएको छ। नागरिक एपलाई ‘सुपर एपु का रूपमा विकास गरी सबै मन्त्रालय र सरकारी सेवाहरू पूर्णरूपमा एकीकृत गर्नेछौं।

प्राकृतिक संरचनागत लाभहरूको अधिकतम उपयोग गर्न एआई तथा हाइपरस्केल डेटा सेन्टर पूर्वाधारमा विदेशी प्रत्यक्ष लगानी आकर्षित गर्ने रणनीति अघि बढाउनेछौं। लगानी सुरक्षासहित वातावरणीय दिगोपन र दीर्घकालीन मूल्य सिर्जना सुनिश्चित गर्न आवश्यक कानुनी, नीतिगत, नियामक तथा संस्थागत व्यवस्था निर्माण र कार्यान्वयन गर्नेछौं।

प्रकाशित: २०८२ फाल्गुण ७ गते बिहिबार ०२:२१
प्रतिक्रिया

थप समाचार

ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना