२०८३ साउन १३ गते बुधबार

प्रविधिको अधिकतम प्रयोग गरी सुशासनमा आमूल परिवर्तन ल्याउने एमालेको घोषणा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ७
4dfe670a-1a05-44c7-b133-938b339797aa

काठमाडौं। नेकपा एमालेले डिजिटल पूर्वाधार विकास र सुशासनको आधार नारासहित सूचना तथा सञ्चार प्रविधिको अधिकतम प्रयोग गरी सुशासनमा आमूल परिवर्तन ल्याउने बताएको छ।

नेपालको आफ्नै भूउपग्रह स्थापना गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा आधारभूत दूरसञ्चार सेवा र डिजिटल कनेक्टिभिटी सुनिश्चित गर्ने भएको छ।

सूचना प्रविधि क्षेत्रका अवसरको उपयोग गर्दै विद्यमान चुनौती सामना गर्नसक्ने विधि र संरचना निर्माण गर्ने, गलत सूचना, झुटा समाचार, डीपफेक, अल्गोरिदमिक पूर्वाग्रहमार्फत् सत्यलाई विकृत बनाउँदै, समाजलाई विभाजित गर्ने, सार्वजनिक सेवा, वित्तीय क्षेत्र र राष्ट्रिय सुरक्षामा खलल उत्पन्न हुने अवस्थाको अन्त्य गर्ने भएको छ।

कृत्रिम बुद्धिमत्ता (एआई) र जेनेरेटिभ एआईमा आधारित नवप्रवर्तनलाई उच्च प्राथमिकता दिँदै सोभरन लार्ज ल्याङ्वेज मोडल विकास र प्रयोगमार्फत् छोटो समयमै ठूलो प्रभाव पार्नसक्ने क्षेत्रहरूमा एआइ प्रविधि तत्काल लागू गर्ने योजना एमालेको छ। डिजिटल नेपाल फ्रेमवर्कलाई समयानुकूल परिमार्जन गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने जानकारी एमालेले दिएको छ।

सूचना प्रविधि क्षेत्रको दीगो, समग्र र संस्थागत विकासका लागि एकीकृत, स्वायत्त र सक्षम संरचना स्थापना गर्ने भएको छ। नागरिक एप, डेटा सेन्टर, राष्ट्रिय परिचय पत्र प्रणाली, एआइ केन्द्र, डिजिटल नेपाल फ्रेमवर्कलगायतका सबै प्रमुख डिजिटल पूर्वाधार इकाइहरूको स्थापना र सञ्चालन गर्ने भएको छ। नागरिक एपलाई ‘सुपर एपु का रूपमा विकास गरी सबै मन्त्रालय र सरकारी सेवाहरू पूर्णरूपमा एकीकृत गर्नेछौं।

प्राकृतिक संरचनागत लाभहरूको अधिकतम उपयोग गर्न एआई तथा हाइपरस्केल डेटा सेन्टर पूर्वाधारमा विदेशी प्रत्यक्ष लगानी आकर्षित गर्ने रणनीति अघि बढाउनेछौं। लगानी सुरक्षासहित वातावरणीय दिगोपन र दीर्घकालीन मूल्य सिर्जना सुनिश्चित गर्न आवश्यक कानुनी, नीतिगत, नियामक तथा संस्थागत व्यवस्था निर्माण र कार्यान्वयन गर्नेछौं।

प्रकाशित: २०८२ फाल्गुण ७ गते बिहिबार ०२:२१
प्रतिक्रिया

थप समाचार

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सवारी चालक अनुमतिपत्रको छपाइ तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै

मकवानपुर: बागमती प्रदेश सरकारले यातयात सेवालाई प्रभावकारी बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम अघि बढाएको छ। सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा यातायात सेवालाई व्यवस्थित एवं प्रभावकारी...

नेपालमा हाइड्रोजन सवारी सञ्चालनका लागि सरकारद्वारा सुझाव आह्वान

काठमाडौँः नेपालमा हाइड्रोजनमा आधारित सवारीसाधनको सुरक्षित, दिगो तथा प्रभावकारी विकास र सञ्चालनका लागि पूर्वाधार विकास मन्त्रालयले गृहकार्य अघि बढाएको छ। यससम्बन्धी आवश्यक नीतिगत, कानुनी...

भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि नेपाल टेलिकममा फर्किइन् पहाडी

काठमाडौँ: संगीता पहाडी अर्यालको नेपाल टेलिकमको प्रबन्ध निर्देशकका रूपमा पदबहाली भएको छ। असार २५ गते विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा सफाइ पाएकी उनी सोमबारदेखि टेलिकममा फर्किएकी हुन्। अदालतबाट...

एआई क्षेत्रको लगानीमा नयाँ कीर्तिमान, पुग्यो एक हजार खर्ब डलर

डब्लुआइपीओका अनुसार अनुसन्धान तथा विकास, सफ्टवेयर, डाटा, ब्रान्ड, डिजाइन र संस्थागत ज्ञानमा हुने लगानी अहिले विश्व अर्थतन्त्रको बढ्दो आधार बन्दै गएको छ।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना