२०८३ कार्तिक १२ गते बुधबार

एनआरएनए अमेरिकाको वित्तीय तथा कार्यक्रम व्यवस्थापन समिति गठन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ७
40f0ad86-ad52-4b82-8ed3-29b66872ff8f

गैर–आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए एनसीसी अमेरिका) वित्तीय तथा कार्यक्रम व्यवस्थापन समिति गठन गरेको छ। एनआरएनए अमेरिकाको कार्यशैलीमा संस्थागत सुधार गर्न, विश्वसनीयता बढाउने, र सार्वजनिक छवि सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउनको लागि आन्तरिक तथा बाह्य विज्ञ समूह सम्मिलित वित्तीय तथा कार्यक्रम व्यवस्थापन समिति गठन भएको हो।

समितिमा सह–कोषाध्यक्ष मोहन कुसारी र बोर्ड अफ डिरेक्टर लक्ष्मी कार्की, सन्तोष लम्साल र राजु साह रहेका छन्।

नवनियुक्त विज्ञ समूहको नेतृत्व भर्जिनियाका मनोज खड्काले गर्नेछन्। समितिको रणनीतिक वित्त सल्लाहकारमा टेक्सासका गगन पाण्डे, सदस्यमा भर्जिनियाका अर्जुन ध्वज खड्का र टेक्सासकी प्रिया महाजू रहेका छन्।

समूहमा नियुक्त पदाधिकारीको कार्यकाल सन् २०२७ सम्म रहनेछ।

समितिले रणनीतिक तथा वार्षिक योजना निर्माण, वित्तीय अनुगमन र आन्तरिक नियन्त्रण सुदृढीकरण, कार्यक्रम तथा परियोजना व्यवस्थापनका न्यूनतम मापदण्ड तय गर्ने तथा स्रोत परिचालन र प्रस्ताव विकाससम्बन्धी कार्य गर्नेछ।

यसअन्तर्गत वार्षिक योजना, कार्यक्रमगत प्राथमिकता, वित्तीय प्रक्षेपण र कार्यसम्पादन सूचक तयार गर्ने, स्वीकृत योजनाको समय–समयमा पुनरावलोकन गर्ने, बजेट तथा खर्च मूल्याङ्कन गर्ने र पारदर्शिता सुनिश्चित गर्ने व्यवस्था सुदृढ गर्ने लक्ष्य राखिएको छ।

समितिले परियोजना प्रस्ताव, अवधारणा पत्र तथा अनुदान आवेदन तयार गरी सदस्य, दातृ संस्था, साझेदार र विभिन्न अनुदान स्रोतमार्फत सहयोग जुटाउने प्रयास गरिने बताएको छ।

प्रकाशित: २०८२ फाल्गुण ७ गते बिहिबार ०६:४६
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना