काठमाडौँः केही दिनअघि मात्रै बढेको अण्डाको मूल्य फेरि बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन मूल्य बढाएको हो। संघका अनुसार बढेको मूल्य सोमबारदेखि लागू भएको छ।
नयाँ दरअनुसार एक्सएल अण्डा प्रतिक्रेट ४९५ रुपैयाँ, ठूलो अण्डा प्रतिक्रेट ४७५ रुपैयाँ र मिडियम साइजको अण्डाको मूल्य प्रतिक्रेट ४४५ रुपैयाँ तोकिएको छ।
यसअघि एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ४४५, ठूलो अण्डाको मूल्य प्रतिक्रेट ४२५ र मिडियम अण्डाको मूल्य प्रतिक्रेट ३७५ रुपैयाँ रहेको थियो।
अहिले चुनावी माहोलले अण्डाको माग बढेको र उत्पादन लागत समेत वृद्धि भइरहेकाले अण्डाको मूल्य समायोजन गरिएको संघले जनाएको छ।


